काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई आइतबार हस्तान्तरण गरिएको थियो । पालिकाको जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेकी थिइन् ।
काभ्रेको विकट क्षेत्र भनेर चिनिने कोशीपारीको चौंरीदेउराली गाउँपालिकाका जनतालाई एम्बुलेन्सको अपुग भएपछि निवर्तमान अध्यक्ष गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेका थिए । ‘गाउँपालिकामा भएको एम्बेलेन्सले मात्र जनताको सेवा गर्न निक्कै कठिन थियो । भौगोलिक विकटताले गर्दा विरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष चौंलागाईंले भनिन्, ‘अब नयाँ एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’
उनले एम्बुलेन्सको लागि विशेष पहल गर्ने अर्थमन्त्री जनार्दन शर्मा र निवर्तमान अध्यक्ष गौतमलाई धन्यवाद दिएकी छिन् ।

तपाईको प्रतिक्रिया

तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ त्यसै सकेको सहयोग गर्दिनुहोस …. #सहयोगको #अपिल #sahayog #Bhojpur #sangita #Karki #kavrepalanchok #report #interview सक्नु हुन्छ भने सहयोग गर्दिनुहोस यदि सक्नु हुन्न भने धेरै भन्दा धेरै भिडियो लाई सियेर गरेर सहयोग गर्दिनुहोस । भोजपुर जिल्लाको संगिता कार्की घाँस काट्ने क्रममा रुख बाट लढेर उपचारको लागि काभ्रे जिल्लाको बनेपा स्पाइनल इन्जुरी अस्पताल भैसेपाटीमा हुनुहुन्छ । उहाँको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले सबैले सकेको सहयोग गरिदिनु होला ।