सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङले गरे बिदाई भेट

# सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङले गरे बिदाई भेट
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, पुष ०६, २०८२
सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङले गरे बिदाई भेट

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग आइतबार नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेटघाट गरेका छन्। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्यको विस्तारलगायतका विभिन्न विषयमा छलफल भएको थियो।

सभामुख घिमिरेले राजदूत सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्धमा उनको योगदानको उच्च प्रशंसा गरे। उनले नेपाल र चीनका बीच कूटनीतिक र विकास सहकार्यलाई थप मजबुत बनाउन राजदूत सोङले पुर्‍याएको योगदानलाई सराहना गरे।

बिज्ञापन
भेटको दौरान, सभामुख घिमिरेले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा दुवै देशका बीच आयोजित विविध कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरे। साथै, उनले नेपाल एक-चीन सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पुनः प्रकट गरे।

राजदूत सोङले पनि चीनको नेतृत्वले नेपाललाई कूटनीतिक र आर्थिक दृष्टिकोणबाट उच्च प्राथमिकता दिएको बताएका थिए। उनले आफ्नो कार्यकालमा सन् २०२० मा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताहरूको कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको बताए।

यसै क्रममा, उनले नेपाल र चीन बीचको जनस्तरको सम्बन्ध उच्च रहेपनि, आर्थिक सहकार्यको पक्षमा अझ सुधारको आवश्यकता रहेको बताएका थिए। साथै, चिनियाँ व्यवसायीहरूले नेपालमा लगानी गर्न चाहेको र नेपाल-चीन आर्थिक सहकार्यमा थप अवसरहरूको बात गरे।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up