मण्डला ईन्टरटेनमेन्टको आयोजनामा हालै सम्पन्न भएको सुपर मोडल ईन्टरनेशनल नेपालको ग्राण्ड फिनालेको भव्य समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ ।

राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई नेपाली सौन्दर्य प्रतियोगीताहरुको विकास र प्रवर्द्वन तथा नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो ।

प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री एवं कार्यक्रमका विशेष अतिथी भगवती चौधरीले पाण्डेलाई सम्मान प्रदान गरेकी थिईन ।

सोही समारोहमा अर्थविद् तथा साहित्यकार माधव निर्दोषलाई समेत सम्मान गरिएको थियो । आयोजक संस्थाकी कार्यकारी प्रमुख सजिना तामाङको अध्यक्षता रहेको थियो भने पूर्व संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

करिव एक दशक भन्दा लामो समयदेखि मेक अप आर्टिष्टको रुपमा सक्रिय पाण्डे ईभेन्ट डाईरेक्टर पनि हुन् । – Everest Headlines

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..