आज समपन्न भएको जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा समितिको अध्यक्षमा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीपक गौतम विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई १८ मतले पराजित गरेका हुन् । गौतमले २२ मत पाएका छन् भने भट्टराईले ४ मत मात्र पाएकी छिन् ।

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भए । तामाङ नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरे ।

सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान(ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भए ।

काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र ८, नेकपा एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly