काभ्रेपलान्चोक – पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले धुलिखेलका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु केन्द्रिय कमिटी, राष्ट्रिय युवा संघ नेपाल काभ्रे , अनेरास्ववियु के.यु, अनेरास्ववियु धुलिखेल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल, धुलिखेल नगर कमिटीले मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ ।   

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । युवा विद्यार्थीले मूल्यवृद्धि फिर्ता गर, खोप कहाँ गयो सरकार लगायतका प्लेकार्ड बोकेर सडकमा आएका थिए । 

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.