अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

एजेन्सी । अमेरिका पदक तालिकाको शीर्ष स्थानमा आइपुगेको छ । टोकियो ओलम्पिकमा भैरहेको खेलमा आइतबार अन्तिम दिनमा अमेरिका चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।आइतबार बिहान भएको महिला बास्केटबाल र साइक्लिङ ट्रयाकमा स्वर्ण हासिल गरेसँगै अमेरिका चीनलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको हो ।

आइतबार बिहान दुई स्वार्ण हात पार्दै अमेरिकाले चीनसँग स्वर्णमा बराबरी गरेको हो । आइतबार बिहान साढे १० बजेसम्म ३ सय ३३ स्वर्णको छिनोछानो भएको प्रतियोगितामा अमेरिकाले सर्वाधिक ३८ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित कुल एक सय १० पदकसहित शीर्ष स्थानमा उक्लिएको छ । दोश्रो स्थानमा झरेको चीनले पनि समान पनि समान ३८ स्वर्ण जितेको छ भने रजत ३१ र कास्य १८ गरी जम्मा ८७ पदक हात पारेको छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..