काभ्रेपलान्चोक – पछिल्लो समय नयाँ नयाँ कलाकार आउने क्रम जारी छ । कोहि खुबी भएर आउने गरेका छन् भने कोहि रमाइलोका लागि मात्रै भए पनि पैसा लगानी गरेको आउने गरेका छन् । तर धेरै मानिसहरुले पछिल्लो समयको घटनाक्रम लाई लिएर कलाकारिता क्षेत्र नै ठिक छैन भन्ने गरेको पाइन्छ । कोहि कलाकार यस क्षेत्रमा नै केही गर्छु भन्ने सोच बिचारका साथ आएर धेरै राम्रो चर्चा कमाएको उदाहरण पनि यहीँ क्षेत्रमा छ ।

बिगत लामो समय देखि कलाकारिता क्षेत्रमा लागेका निर्देशक निरेन श्रेष्ठ एउटा निर्देशन क्षेत्रमा पोक्त ब्यक्ति हुन भन्दा फरक नपर्ला । २०५१ सालमा काठमाण्डौको बुढानिलकण्ठमा जन्मिएका निरेनले १४ बर्षको ठिटो उमेरदेखि नै म्युजिक भिडियो र चलचित्रका गीतमा कोरस नृत्य गरी आफ्नो कलायात्राको शुभारम्भ गरेका थिए । उनी त्यही बेलादेखि स्टेज कार्यक्रमहरुमा पनि नाच्ने गर्दथे । साथीभाइ र आफन्तहरु बाट हौसला मिल्दै गएपछि उनमा आत्मविश्वाश पनि बढ्दै गयो र यही क्षेत्रमा स्थापित भएर केही गर्छु भन्ने उद्देश्यका साथ उनी अगाडि बढ्दै गए ।

सानै उमेर देखी नृत्य र अभिनयको पार्खी निरेन श्रेष्ठ अन्तत: नेपाली सङ्गीत क्षेत्रमा यति बेला एक आशा लाग्दा म्युजिक भिडियो निर्देशकको रुपमा चिनिएका छन् । आफ्नै बुबाद्वारा स्थापित ज्योति फिल्मस प्रोडक्शनमा बुबा भाइराम श्रेष्ठकै प्रशिक्षणमा कलिलो उमेरदेखि नै नृत्य र अभिनय सिकेका निरेन श्रेष्ठलले आजको अवस्थासम्म आईपुग्नका लागि ठुलो मेहनत परिश्रम धैर्यता, लक्ष्य, अठोट र उद्देश्यका साथ लामो समय सङ्घर्ष गरेको जानकारी दिनु भयो ।

कोरस नृत्य गरिरहेका निरेनले पहिलोपटक प्रमुख कलाकारको रुपमा २०६६ सालमा ‘किरणदिप’ नामक चलचित्रमा अभिनय गरेका थिए । ‘चलचित्रका २ टाइटल पात्र किरण र दिप मध्ये दिपको भूमिकामा अभिनय गरेको बताए । त्यसपछि उनले ‘लडाईंको लाहुरे’ नामक चलचित्रमा पनि अभिनय गरेका छन् ।

यसैगरी उनले पहिलोपटक प्रमुख मोडलको रुपमा २०६८ सालमा लोकदोहोरी ‘मायाले मन जल्छ’ मा अभिनय गरेका थिए । जसमा कुलेन्द्र बि. क. र देवी घर्तीको स्वर रहेको थियो भने मोडलिङमा उनलाई चन्दा अर्यालले साथ दिएकी थिईन् । आधुनिक, लोकदोहोरी, पप, तीजगीत आदि गरी करिव १०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेपछि २०७२ सालमा ‘मरक मरक मर्काउछे कम्मर’ बोलको गीतको निर्देशन गरेर उनले म्युजिक भिडियो निर्देशनमा पाइला अगाडि बढाएका हुन् । लोकदोहोरी, आधुनिक, पप, राष्ट्रिय भाव, भजन सबै गरेर ३०० भन्दा बढी गीतको भिडियो निर्देशन गरिसकेको कुरा श्रेष्ठले बताएका छन् ।

२०७२ सालदेखि निर्देशनमा बढी क्रियाशील रहँदै आएका निरेनको निर्देशनमा नयाँ पुस्ताका कलाकारदेखि नेपाली चलचित्र क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकार राजेश हमाल सम्मले म्युजिक भिडियो अभिनय गरिसकेका छन् ।

चलचित्र अभिनय, म्युजिक भिडियो मोडलिङ र भिडियो निर्देशनमा आफ्नो पहिचान स्थापित गरेका निरेन यतिबेला भिडियो निर्देशनमै केन्द्रित छन् भने आफूलाई भिडियो निर्देशक भन्नमै बढी रुची राख्छन् । ‘घैया मकै, ए साइँली, वरको हाँगो, बिहेको रत्यौली, माया बसेसी, हे माया, कस्तो मायाजाल, हामि देश बचाउँ’ आदि उनको निर्देशनका लोकप्रिय गीत हुन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..