काभ्रेपलान्चोक – विगत लामो समय देखि आयोजना हुँदै आएको
काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ हुने भएको छ । बनेपाको रोयल लाउन्ज बारमा यहीँ २७ गते अडिसन हुन लागेको हो । एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा उक्त प्रतियोगिता हुन् लागेको हो ।

मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा पहिलो चरणको अडिसन २७ गते रोयल लन्च बारमा हुने भएको छ । उक्त अडिसनमा इक्छुक युवा युवतीहरुलाई यथासिघ्र फारम भरि अडिसनमा आउनको लागि आयोजक टिमले आह्वाहन गरेको छ । ३० जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

काभ्रे फेस्ट प्रतियोगितामा सहभागि हुन एक हजार रुपैयाको फारम शुल्क राखिएको काभ्रे फेस्ट प्रतियोगिताका निर्देशक नितिन कायस्थले जानकारी दिए । कायस्थले भने हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौँ । जहाँ हामी तपाईहरुलाई मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहने बताए ।

आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन ४” एउटा सुनौलो अवसर रहेको छ।

काभ्रे फेस्ट प्रतियोगितामा युवा युवतीहरुलाई लक्षित गरि मोडल पर्सनालिटीको प्रतिस्पर्धा गराइन्छ । जहा बिबाहित अबिबाहित महिला पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ । प्रतियोगिताको अन्तिम चरण बनेपामा गरिने निर्देशक नितिन कायस्थले जानकारी दिनु भयो। प्रतियोगीहरुले सहभागिता जनाउको लागि 9802600870 एल एण्ड एन मोडल एजेन्सी लाई सम्पर्क गर्न सक्नु हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..