काठमाडौं –  उपराष्ट्रपती नन्दबहादुर पुनले अस्ट्रेलियाबासि नेपालीहरूले नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंशा गर्नुभएको छ ।
नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपरास्ट्रपति नन्दबहादुर पुनले बिदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वोको हुने गरेको बताउनुभयो ।
समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको www.swornimyug.org मा गएर हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ ।
फाउन्डेसनको शुभारम्भ समारोहमा नन्दबहादुर पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताउनुभयो । फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक ‘स्वर्णिम रहस्य’ को पनि उहाँले बिमोचन गर्नुभयो । अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उक्त समारोहमा बोल्दै शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रि बोधमाया यादवले फाउन्डेसनले सामाजिक सेवामा नया चरणको सुरुवात गरेको बताउनुभयो ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपति डा. मंगल रावलले आफू यो फाउन्डेसनको हरेक गतिबिधिमा सहभागी हुने प्रतिबद्दता व्यक्त गर्नुभयो । गैर आवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतले पनि यो अभियानमा आफ्नो एक्कैबद्दता रहेको बताउनुभयो ।
पुस्तक पढेपछि आफूपनि प्रभावित भएर अभियानमा सामेल भएको बताएका नेपालको प्राबिधिक शिक्षा बिज्ञ खेम लकाईले आफू यो फाउन्डेसनमार्फत समाजसेवामा सहभागी हुने बताउनुभयो ।
नेपालका स्थापित पत्रकार मनऋषि धितालको अध्यक्षतामा भएको फाउन्डेसन शुभारम्भ कार्यक्रममा सञ्चारकर्मी, बागमती सफाई अभियन्ताहरू, कलाकार समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..