
बनेपा शुभकामना सिनेमामा ‘Elephants in the Fog (Tiniharu)’ को विशेष शो, दर्शकको उत्साहजनक उपस्थिति

बनेपास्थित शुभकामना सिनेमाहलमा नेपाली चलचित्र ‘Elephants in the Fog (Tiniharu)’ को विशेष शो आयोजना गरिएको छ। विशेष शोमा चलचित्रको सम्पूर्ण टिमको उपस्थितिसँगै दर्शकको उत्साहजनक सहभागिता रहेको थियो।

विशेष शोमा चलचित्रका निर्देशक अविनास विक्रम शाह तथा निर्माता अनुप पौडेल सहित चलचित्रको टिम सहभागी भएको थियो। चलचित्र हेर्न दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


‘Elephants in the Fog (Tiniharu)’ ले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरी अवार्डसमेत जितिसकेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको उपस्थिति र पहिचानलाई थप मजबुत बनाएको यस चलचित्रप्रति नेपाली दर्शकको समेत चासो बढ्दै गएको देखिन्छ।
चलचित्रका निर्देशक अविनास विक्रम शाह र निर्माता अनुप पौडेलको नेतृत्वमा बनेको ‘Elephants in the Fog (Tiniharu)’ ले विशेष शोमार्फत बनेपाका दर्शकमाझ पनि राम्रो प्रभाव पारेको छ।

