बुवाको मुख हेर्ने दिन गोकर्णमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं । बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीका अवसरमा काठमाडौंको गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
दिवंगत पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्न र जीवित बुवालाई सम्मान गर्दै आशीर्वाद लिन भक्तजनहरू गोकर्ण पुगेका छन्।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। विभिन्न स्थानबाट आएका श्रद्धालुहरू पूजा, तर्पण तथा पितृस्मरणमा सहभागी भएका छन्।
कुशे औँसीका दिन बुवालाई सम्मान गर्ने तथा दिवंगत पितृको सम्झना गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ

बिज्ञापन