ईप्सनकाे वादविवादमा यूनिटी र क्वालिटी विजयी

साउन २२ गते, भक्तपुर, एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर) को आयाेजनामा सम्पन्न वादविवाद प्रतियोगितामा युनिटी स्कुल र क्वालिटी स्कुलले जीत हात पारेको छ ।

सुर्यविनायक नगरपालिका वडा ३ बालकोट भक्तपुरमा रहेको ईडेन गार्डेन ईङ्ग्लिस स्कुलमा सम्पन्न प्रतियोगिता
छात्रहरुका लागि ‘शिक्षाको उदेश्य प्राप्ताकं होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइएको वादविवाद प्रतियोगितामा
छात्रातर्फ यूनिटी स्कुलकी दीपशिखा भट्ट र छात्रतर्फ क्वालिटी स्कुलको अभिषेक दुलाल विजेता बन्न सफल भए ।

बिज्ञापन

प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ सेन्ट जोन्स ईङ्ग्लिस स्कुलका सम्राट नेपालले र ईटुसा लिम्बूले दोश्रो स्थान हात पार्न सफल भएका थिए । छात्र तर्फ हिमाल एकेडेमीका प्रज्ज्वल वाग्ले तृतिय र सुर्योदय सेकेण्डरी स्कुलका रियान बनमालाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी, छात्रा तर्फ सुर्योदय सेकेण्डरी स्कुलकी प्रशंसा गोलेले तृतिय र विमल मेमोरियल बिद्यापिठकी प्रविधी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा साहित्यकार तथा नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य रचनाकर्ता चन्द्र प्रसाद न्यौपाने र साहित्यकार तथा कवि जीवनाथ अधिकारीद्वयले निर्णायकको भुमिका निभाएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष जी.वी. खड्का एवं आयोजक विद्यालयका सह प्रधानाध्यापक अनिश राईले विजयी छात्र तथा छात्रालाई पुरस्कृत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष जी.वी. खड्काले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आयोजना गरिने यस्ता कार्यक्रमले भोलिका असल नागरिक बनेर देश तथा समाजको उन्नयनमा लाग्न सहयोग पुग्ने कुरा आफ्नो मन्तव्य मार्फत राखेका थिए । साथै कार्यक्रमका सभापति आयोजक ईडेन गार्डेन स्कुलका सह प्रिन्सिपल अनिश राईले ईप्सनले गर्ने गरेका यस्ता प्रतियोगितात्मक कार्यक्रममार्फत विद्यार्थीले उत्कृष्ट अवसर प्राप्त गरेको बताए ।

यसैगरी विद्यार्थीहरुकाे प्रतिभा विकासका लागि इप्सनले भदौको पहिलाे हप्ता लाेक नृत्य प्रतियोगिता आयाेजना गरिने संस्थाले जनाएको छ ।