काभ्रेपलान्चोक – राजनीतिलाई फोहोर नालिको रुपमा अर्थयाउनेहरु धेरै पाइन्छ । हुन पनि पछिल्लो राजनीति घटनाक्रमलाई हेर्ने हो भने वास्तविकताको ऐना यही जसरी छर्लङ्ग देखिएको छ । तर भनिन्छ कमल हिलोमा नै फुल्छ । यसैको गतिलो उदाहरण हुनुहुन्छ, रामकृष्ण पोखरेल ।

नेपाली काङ्ग्रसकोे १४ औँ महाधिवेशनको ८ औँ जिल्ला अधिवेशन सदस्यमा निर्वाचित हुनुभएका पोखरेल विगत १० बर्षदेखी राजनीतिमा निश्वार्थ भावनाले लाग्नुभएको छ ।

उहाँ ठूलो बोटवृक्षको मुनि हुर्किन खोजिरहने विरुवाको रुपमा आफुलाई परिचित गराउनुहुन्छ । पार्टीमा उहाँको निरन्तरता छ । उहाँले त्याग र क्रान्ति दुवै गरेका गर्नुभएको छ । तपस्या पनि गरेका गर्नुभएको छ । किसानी जिवन विताइरहनुभएको पोखरेलको राजनीतिमा गइन्छ भनेर सानो हुदाँ कहिल्यौँ मस्तिस्कमा आएको थिएन । सधै सामाजिक न्यायको लागि तलबल रहने उहाँ विस्तारै राजनीति गर्दा आफुले सोचेको सकरात्मक काम गर्न सकिन्छ भन्ने लागेर राजनीतिमा आउनु भएको थियो । उहाँलाई विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसका कामले मन छुन्थ्यो । त्यसकारण सुरुमा नै नेपाली कांग्रेसकाको बिट समाउनुभयो । राजनीति भनेको आफ्नो स्वाभिमानका लागि गर्ने हो । नेपालमा आफ्नो सफलता सत्ताको शीर्षस्थानसम्म पुग्नु र आज्ञा–आदेश दिनु रहिआएको छ । तर आफुले पदका लागि भन्दा पनि कर्मले आफुलाई चिनाउनु उहाँको राजनीति उद्देश्य हो । निर्णय क्षमता र दृढता पोखरेलको गुण हो । नेपाली राजनीतिमा उहाँ इमानदार चरित्रका पनि हुनुहुन्छ ।

आर्थिक अवस्था कमजोर हुनेहरु राजनीतिमा आउन सक्दैनन् भन्ने भनाईलाई आफुले उल्ट्याईदिएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘धुलिखलको मिराबेल चोकबाट ५ सय मिटर अगाडी एउटा सुन्दर डाँडाँ छ । त्यही डाँडाँबाट देखिने सुन्दर गाउँमा खियाले खाएको छानोहरु टल्किन्छन् । त्यही छानोहरु मध्ये एउटा छानोमा मैले मेरो बाल्यकाल विताएको छु । यसअर्थमा नेपाली काङ्ग्रेसमा लागिरहदाँ आर्थिक रुपमा धेरै नै अव्लल हुनुपर्छ भन्ने होइन । सर्वहारा वर्गका मानिसहरु जो राजनीतिमा आएपछि समाजसेवा गर्छु भन्ने भावका साथ लाग्छ अथवा सकरात्मक कर्ममा जसको ध्याउन्न हुन्छ उसलाई नेपाली काङ्ग्रेसले सधै स्वागत गर्छ ।’ सामान्य किसान परिवारबाट आएको एउटा सामान्य मान्छे, नेपाली कांग्रेसजस्तो पार्टीमा स्थापित हुनु चानचुने कुरा होइन । उहाँमा पक्कै पनि केही गुणहरु छन् । राजनीति भनेको मान्छेले आफ्नो स्वाभिमान कायम राख्नलाई गर्छ । अहिलेको अविकसित देशको राजनीतिमा गतिशीलता भएका नेताहरु कमै मात्रामा छन् । परिवर्तनलाई आत्मसात् गर्न सक्ने नेताहरु कम हुन्छन् । अस्थिरता भनेको नेपाली राजनीतिको स्वभाव हो, त्योभन्दा बाहिर आएर कसैले केही पनि गर्न सक्दैन, अहिलेसम्मको स्थितिमा ।

विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तनका गरिने अगार्मी परिबर्तन हुन्छ भने त्यसलाई राजनीति भनिन्छ । यही राजनीति मार्फत कतिले देश र जनता दुवैको भलो गरेका छन् भने कतिले व्यक्तिगत स्वार्थमात्र पूरा गरेका छन् । राजनीति कहिले डेरी त कहिले चिया पसलको गस्सिप पनि हो । कतिको त गरी खाने भाडो नै बनेको राजनीति । राजनीति गर्ने कतिले गालि पनि खाने गरेका छन् भने कतिले गालि खाने गरी पनि राजनीति गरेका छन् । जे होस् तालि र गाली दुबै खाने क्षमता राजनीतिकर्तामा हुनुहुपर्छ । पोखरेल यी कुराका उदाहरण हुनुहुन्छ । हुन त उहाँले राजनीतिमा प्रवेश गरेपछि अहिले सम्म गाली खानु परेको छैन । भविष्यमा यस्ता काम नगर्नेमा पनि उहाँ प्रतिवद्ध हुनुहुन्छ ।

विगत १० बर्षदेखी राजनीतिमा निश्वार्थ भावनाले लाग्नु नै नेपाली काङ्ग्रसकोे लागि आफुले गरेको योगदान भएको उहाँको भनाईछ । आजभोलीको राजनीतिमा स्वार्थपन र पद पाउनका लागि अझ भनौँ वाह वाहीकोे लागि मात्र गर्ने फोहोरी राजनीतिमा नयाँपन ल्याउनको लागि राजनीतिमा पोखरेल उदयमान यस्तो व्यक्ति हुनुहुन्छ जसले छोटो समयमा नै धेरैको मनमा पराकिलो जमिन बसाउन सक्षम हुनुहुभएको छ । सेवाको रुपमा रानीतिलाई परिचित गराउन सफल पाखेरल आफैँ पनि कर्ममा विश्वास राख्नुहुन्छ । नेपाली काङ्ग्रसकोे १४ औँ महाधिवेशनबाट आएका फोहोरहरु विश्व प्रकाश शर्माले सरसफाई गर्नुभएको र ८ औँ जिल्ला अधिवेशनबाट आएको फोहोरलाई पोखरेलले सरफाई गर्नुभभएको थियो । उहाँ थप्नुहुन्छ, ‘सेवा भन्ने चिज पछि गरौंला, ठुलो गरौंला भनेर साचेर राख्ने चिज हैन । साँझ बिहान् झुल्के घाम पहेँलो घाम बाटो घाटो चौबाटो हिड्दा बस्दा डुल्दा आफुले सकेको सहयोग अफ्ठ्यारोमा, पीडा लाई झेलिरहेका प्राणीको दुःखमा साथ दिई सहयोग गर्नुनै सेवा हो सेवा नै धर्म हो ।’

‘युवा हुने प्रयत्न गरौँ, वृद्ध भएको महशुस नगरौँ ।’ पोखरेलले भन्नुभयो । वर्तमान राजनीतिमा युवाको आवश्यकता पुरा गर्न आफुले गरेको सघर्ष अहिलका युवा पुस्ताको लागि एउटा उदाहरण हुने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘७० बर्षको मान्छेले भर्खको युवा जसरी समाज सुधारको काम गरेको छ भने म उमेरलाई मान्यता नदिइकन कामको आधारमा उसलाई पनि युवा ठाँदछु । वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नव–निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ ।

युवाहरू स्वभावैले विद्रोही हुन्छन् । उनीहरुको नशा–नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ । यसकारण पनि राजनीतिमा युवाको आवश्यकता रहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘विश्व इतिहासलाई सिमहा अवलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौं भनेपनि विसं. १९९६ को राणाविरोधी आन्दोलनमा गंगालालहरुको भूमिकादेखि यता विसं. २००६, विसं. २०१५, विसं. २०३६, विसं. २०४६ को जनआन्दोलन, विसं. २०५२ देखि संचालित सशस्त्र जनयुद्ध र मुख्यतः विसं. २०६२/६३ को जनआन्दोलनमा युवाहरुको योगदान अतुलनीय थियो । यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन् ।’

मूलतः विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायालाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको थियो । यही कुरालाई आत्मसात गर्नको लागि पोखरेल लागि पर्नुभएको छ । उहाँको बुझाईमा राजनीति भनेको एउटा सेवा हो । सेवा गर्ने क्रममा सघर्षका दिनहरु एकदमै स्मरणिय रहेको उहाँको भनाई छ । समाज विकासको लागि राजनीति एकदमै आवश्यक रहेको र त्यो आफुले प्रमाणित पनि गरेको उहाँ बताउनुहुन्छ । समाजिक रुपमा नेपाली काङ्ग्रेसमा लागिसकेपछि सेवा गर्ने क्रममा मकर मेला लाग्दा होस् या भुकम्पको बेला उहाँ सधैव हाजिर हुनुभएको थियो । उहाँ थप्नुहुन्छ, ‘म भर्खरै उम्रिएको बिरुवा हुँ । मैले धेरै कुराहरु सिक्नुछ । गर्नु छ । मैले निश्वार्थ भावनाले गरेको क्रियाकलापहरुलाई अनुमोदन गरेर नेपाली काङ्ग्रसले देश विकासको लागि उत्तेजनात्म युवाको आवश्यकता छ । जसमा सकरात्मक उर्जा पैदा गरोस् । मन र कर्म गर्नेलाई धनको आवश्यकता पनि पर्दैन ।’

खासमा कर्म नै धन हो । यही कुरालाई पोखरेलको कामले प्रस्टाइदिएको छ । यही खुविको कारण पनि नेपाली काङ्ग्रसकले आफुलाई जिल्ला सदस्यको रुपमा स्विकार गरेको उहाँ बताउनुहुन्छ । समाजको विकासको लागि राजनीति एउटा पुल हो । त्यो पुल बन्न आफु तयार रहेको पोखरेल बताउनुहुन्छ । नेपाली काङ्ग्रेसको बीधि विधानलाई नियालेर समाज सुधार अग्रसर हुनको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ । सत्तामा हुदाँ नहुदाँको काम एउटै हुनुपर्ने उहाँको भनाई छ । सबै कुरामा विचार गरेर मात्र अघि बढ्न उहाँको सुझाब पनि छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly