बनेपा – जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकमा अध्यक्षको पुनः चयनको ईतिहास पहिलो पटक हो । यस भन्दा पहिले अध्यक्षहरु कार्यकाल सम्पन्नभए पश्चात् आउने अध्यक्षलाई कार्यभार सुम्पिएर विदाई हुने गर्दथे । तर, लामाको खेलकुदप्रतिको लगाभका कारण नै जिल्ला खेलकुद विकास समितिमा सरकार परिवर्तनको असर पर्दासमेत लामालाई नै नेतृत्व चयन गरिएको छ ।
लामाले २०७६ साल माघको २१ गते नियुक्ति प्राप्त गर्नुभएको थियो र २०७८ फागुनको ५ गते कार्यकाल सक्किएको अवस्था थियो । कार्यकाल सक्किएको १ महिनापनि नबित्दै २०७८ फागुन २३ गते प्रदेश परिषद्द्धारा लामालाई अध्यक्षको मनोनयन गरियो । लामाले कार्यक्रममा बोल्दै कोभिडका कारण आफुले सोचेजस्तो कार्य गर्न नसकेको र अब दुई बर्ष काम गर्ने अवसर प्राप्त भएको बताउनु भयो । आफ्नो दाश्रो कार्यकालमा कर्मचारीका समस्यालाई समाधान गर्ने, प्रदेश तथा केन्द्रको खेलकुद मन्त्रालयबाट बजेट माग गर्ने, आफ्नो मातहतमा रहेको जग्गाहरुको उचित व्यवस्थापन गर्ने, संभावना अध्ययन गरि खेलकुद कार्यलयको आफ्नै भवनसमेत निर्माण गर्ने र आयआर्जन बढाउने एजेण्डारहेको प्रकाश पार्नुभएको छ । लामा उग्र ईश्याशक्तिभएका व्यक्ति हुन् । उनको विगतका कार्यलाई मुलयाकंन गर्ने हो भने उनी कोभिड कालमा समेत समितिलाई चलयमान गर्न भुमिका खेल्ने अध्यक्ष हुन् ।
पहिलो कार्यकालमा २ बर्ष नै कोभिडका कारणले खेलसम्बन्धि कुनै पनि क्रियाकलाप गर्न सक्ने अवस्था रहेको थिएन । तर, त्यसै विच पनि अध्यक्ष लामाको नेतृत्वमा देशकै राजधानी आशमास रहेका काठमाण्डै, ललितपुर, भक्तपुरले समेत खेल संचालन गर्न नसकेको अवस्थामा काभ्रेले राष्ट्रपति रनिङ शिल्ड, उप राष्ट्रपति रनिङ शिल्डमा आफ्ना खेलाडिलाई छनोट गरि सामेत गराएर पठाईएको स्थीति थियो । यस कार्यबाट पनि कार्यलयका कर्मचारी, खेलप्रमी र खेलाडिहरु लामा प्रति सकारात्मक देखिन्छन् ।
कार्यक्रममा समितिका कार्यलय प्रमुख अभिकेशर कट्टेल तथा विभिन्न खेलका प्रशिक्षकहरुले खादा र टिका लगाएर लामालाई स्वागत गर्नुभएको थियोे । कार्यक्रममा बोल्दै कार्यलय प्रमुख अभिकेशर कट्टेलले आफुहरुलाई जिम्मेवारी ठुलो आईपरेको तर बजेट कम भएको दाबी गर्नुभएको छ । खेलकुदलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनु पर्ने अवस्थाको गम्भीर चुनौती पनि समितिलाई रहेको तर, आफ्नै खेलाडिका लागि उचित व्यवस्थापन गर्न सक्ने सम्म पनि स्थीतिको बजेट नरहेको दाबी गर्नु भएको छ । प्रदेश स्तरिय खेलकुद प्रतियोगिताका लागि एक सय सत्तरी जना खेलाडि रहेका छन् खेलाडि छनोट प्रक्रिया देखि खेलाडिलाई संरक्षण गर्नसम्मको दायित्व समितिको रहन्छ । यस स्थितिमा बजेटको सुनिश्चितता गर्नसके अझै राम्रो व्यवस्थापन गर्न सकिने आवाज कार्यक्रममा गुन्जियो ।
निकट भविष्यमा हुन गईरहेको प्रथम प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा काभ्रेबाट आठ खेलका लागि खेलाडि छनोट भएको छन् । जसमा महिला र पुरुषको फुटबल, एथ्लेटिकसम्बन्धि हाईजम्प, रनिङ, लङजम्हरु, बक्सिङ, टेक्वान्डो, कराते, भलिबल, ब्याडमिन्टन र क्रिकेट रहेको छ । भने महिला फुटबल, बक्सिङ र समापन कार्यक्रम जिल्लाको धुलिखेलमा रहेको मैदानमा नै हुने भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly