काभ्रे/ जिल्लाको खानिखोला गाउँपालिका वडा नम्बर ३ सौरेमा भिषण आगलागी भएको छ । आगलागीबाट १ घर १ गोठ जलेर नष्ट भएका छन । अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

विहान करिब ८ बजेदेखि चुनिखोलाबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त स्थानमा नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । पानी पर्याप्त नभएको र आगलागी ठुलो क्षेत्रमा फैलिएकाले आगलागी नियन्त्रण कठिन भएको वडा अध्यक्ष सगर लामाले बताएका छन ।
हिजो खानिखोला ३ जुरेमा भएको भिषण आगलागीबाट बृहत खानिखाने पानीको पाइप जलेर अहिले खानिखोला ३ का स्थानीयहरु पानीको हाहाकार रहेको छ ।
आगलागी भएसंगै श्री भृकुटी मा.बि बिधालयमा पनि छेती पुगेको छ । भने सुन्तलाको बोट र अलौची, कफि,लगाएत अन्य बोट बिरुवाहरुको बोट नष्ट भएको छ ।

हावाहुरीका कारण आगो झनै फैलिएको छ । घर बस्ती रहेकाले वस्ती जोगाउने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..