चर्चित गायक राजु ढुङगेलले पछिलो समयमा अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा परेका छन् । कलाकार राष्ट्रको गहना हुन् भन्ने राष्ट्रले दिएको उपनाममा उनि भन्छन् , हामी राष्ट्रको गहना होइनौं , जुन गहना कुनै भोज भत्तेरमा जाँदा लगाइन्छ र घर फर्किए पछी फुकालेर दराजमा राखिन्छ । हामीलाई कलाकारले राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार उनी राख्दछन् । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिकृति फैलिरहेको अवस्थामा हामी कम्म्मर कसेर यसको बिरुद्धमा लाग्नु पर्छ भन्ने धारणा राख्ने राजु ढ्ङगेलसँग नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

० यहाँको जन्म स्थान ?
मेरो जन्म स्थान ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा २०३९ सालमा भएको हो ।

० पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुको उच्चा रोजैले भ्याई नभ्याई छ है ?
ठिकै छु पछिल्लो मेहेनतको फर र निरन्तरताको कारण अलि ब्यस्त नै छु । भखरै मात्र बजारमा आएको नैमती भाकाको गीत जन्म घरको प्रवद्र्धनमा व्यक्त गरेको छु ।

० अहिले सम्म तपाईले कति वटा गाइसक्नु भयो ?
अहिले सम्म मैले कति गीत गाए त्यो एकिन छैन आफ्नो ब्यक्तिगत एल्बम करिब ४ दर्जन को हाराहारीमा रेकर्ड भएको होला , त्यो पनि गणना राखेको छैन । त्यो पनि सबै आफ्नो लगानीमै हुन अरुको बाहेक ।

० पहिलो गीत कुन गाउनु भएको थियो ?
मैले पहिलो पटक गाएको गीत २०५७ सालमा पहिलो पटक पुर्वेली हिउँ चुलीको हिउँको पानी हो । त्यसपछि निरन्तर पुर्वेली लोक भाकामा आधारित रहेर पुर्वेली कान्छो भाग १ , २,३ घर हाम्रो पुर्वे तिर हो । सुपारी जाईको माला लगायतका गीत बजारमा ल्याएर प्रवेश गरेको छु ।

० कति साल बाट गीत गाउने शुभारम्भ गर्नु भएको थियो र आफु कति बर्षको हुनुहुन्थ्यो ?
मैले पहिलो रेकर्ड गीत २०५५ सालमै रेडियो मा रेकर्ड गरेको गीत लगभग १६ बर्षमा । रेकर्ड भएको गीत पुर्वेली कान्छो भाग १, २,३ गीत जुन गीतले मेरो सागितिक यात्रामा अगाडि बढ्नको लागी प्रेरणादायी र जिवनमा आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भयो ।

० सुरुका समयमा त यस क्षेत्रमा लाग्दा धेरै पैसा खर्च गर्नु पर्छ भन्छन नि ?
पहिलो गीत रेकर्ड गर्दा आजको जस्तो सहज वातावरण थिएन । रहरै रहरमा आफनो प्रतिभालाई त्यस समयमा रेडियो मार्फत आफनो प्रतिभा प्रस्तुत सफल रुपमा पाएको थिए । त्यस अर्थले पनि मा भाग्यमानी हुँ । लगानी सामान्य गर्दा नै मैले त्यसबाट अधिकतम सन्तुष्टि र आम दर्शक तथा स्रोताको माया पाएको थिए । जसलाई पैसामा तुलना गर्नु उपयुक्त हैन ।

० यहाँलाई राजु ढुङगेल भनेर चिनाउने गीत कुन कुन हो ?
हेर्नुस आफ्नो सन्तान आफुलाई सबै नै प्यारो हुन्छन् तर पनि सम्झिनु पर्दा जाई दाईको माला , हिउँचुलीमा हिउँ , अकवरी सुन , जोर मादल, सुपारी दाईको माला, र पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेको जन्मघर लगाएतका धेरै छन् । जसले मलाई संगीतको सागरमा डुबुल्की मार्नको लागी सदैव प्रेरणा दियो ।

० यस क्षेत्रमा स्थापित हुनका लागि यहाँले कतिको दुख र शंघर्ष गर्नु पर्यो ?
धेरै दुख गरेको छु यो यात्रामा भन्नुपर्दा, म काठमाडौको बसाई सहज थिएन , रेडियो नेपाल मा स्वर परिक्षा पास गरेको त्यो अबस्था सम्झिंदा पनि कहाली लाग्छ , काठमाडौँमा संघर्ष गर्न पनि त्यति सहज थिएन हामिहरुको लागि । ओखलढुङगा जस्तो ग्रामीण परिवेशमा जन्मिएर आजको स्थान सम्म आइपुगिएला र आम दर्शक माझमा परिचित भएर अगाडि बढेर सफलता मिल्नेमा कल्पना सम्म गरिएको थिइएन ।

० कलाकार त राष्ट्रको गहना भन्छन्क नि , कला क्षेत्रमा लागिसके पछी आफ्नै गाउँ ठाउँ र देशको लागि के गरे जस्तो लाग्छ ?
हामिले गीतसङीत बाट सल्यान चिनाउने हो हाम्रो क्षेत्रको लोक सस्कृतिलाई बचाउनु हो , त्यो काम गरिरहेको छु र गरिरहने छु, जस्तो टप्पा गीत गरेको छु ती गीतबाट सल्यानका चिनारी भुगोलका पर्यटक स्थलका नाम समेट्ने प्रयास भाको छ त्यही हो हाम्रो कर्तव्य र देशको लागि कलाकारहरुले यहाँ भन्दा के गर्नु र ?
भाग्य छ भनेर ढोकोमा दुध दोएर अट्दैन , निकै संघर्षका साथ यस क्षेत्रमा स्थापित हुनु भएको छ , र पनि यस क्षेत्रमा स्थापित हुनमा सबै भन्दा पहिला कसको नाम सम्झिनु हुन्छ ?
बाटो देखाउने गुरु अनि मेरो आमालाई सम्झिन्छु, तर आफू का पुग्ने हो त्यो गन्तव्य सहितको यात्रा त आफैले दुख लगनशिल र निरन्तरताले पुग्ने हो, त्यो सफलता को लागि सबैले आफै सङ्घर्ष गर्नु पर्छ ।

०आगामी योजना ?
मेरो योजना त गीत सङ्गीत त सङगै, मेरै देशको लोक सस्कृतिमा रहेर जिवनमा केही गीत संगीतमा गर्न मन छ । हाल सम्म पनी कतिपय स्थानमा रहेका मौलिक पहिचान झल्कने गीतहरुलाई बजारमा ल्याउन सकिएको छैन त्यसलाई क्रमस अगाडि बढाउदै लैजाने योजना रहेको छ ।

अत्यमा के भन्न चाहन्नुहुन्छ ?

मेरा जिबनका केही भोगाईहरु हजुरहरुको प्रत्रिका मार्फत सबैमा पुर्याउने अबसर दिनु भो, आभारी छु, अझै आगामी दिनमा पनि साथ सपोर्ट र मायाको आपेक्षा समेत गर्दछु ।
च्यकजबल

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..