काभ्रेपलान्चोक – सामाजिक अभियन्ता तथा सञ्चारकर्मी राजन थापा एकै महिनामा दुई ठाउँमा सम्मानित हुनु भएको छ ।
ललितपुरको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको कार्यक्रम र विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा थापा लाई सम्मान गरिएको हो ।

बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले थापा लाई यहीँ पौष महिनामा सम्मानित गर्नु भएको छ । थापाले २०७२ सालको भुकम्प, कोरोना भाइरस कोभिड-१९ र समस्यमा परेका हरेक व्यक्ति लाई सहयोग गर्दै आउनु भएको छ । 

एक दशक भन्दा लामो समयदेखि समाज सेवामा लागिरहनु भएका राजन थापा धन सम्पत्तिको कुनै लोभ राख्नुहुन्न । उहाँ कसैले सहयोग गर्ला र आफू त्यो सहयोग पाउँला भन्ने कुनै स्वार्थ समेत राख्नुहुन्न। उहाँको समाजसेवाप्रतिको निःस्वार्थ यो भावनालाई देखेर अहिले समाजसेवा र मानवीय सेवाका नामा विकृती फैलाउनेहरुले केही सिक्न जरुरी छ ।                                               

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..