काभ्रेपलान्चोक – कोरोना महामारी धेरै नै फैलिए पछि सवारी लाइसेन्स आवेदन बन्द भएको थियो । पछिल्लो समयमा कोरोना संक्रमण घटेसँगै सवारी लाइसेन्सका लागि आवेदन दिएका पुराना आवेदकहरुको परीक्षा सुरु हुने भएको छ ।

यातायात व्यवस्था विभागले यही भदौ २० गतेदेखि परीक्षा सञ्चालन गरिने जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहरको जोखिमबाट जोगिन गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै सवारी चालक अनुमति पत्रको परीक्षा रोकिएको थियो । विभागले वैशाख १६ गते पूर्व आवेदन दिएकाहरुको परीक्षा सञ्चाल गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

सबै यातायात व्यवस्था कार्यालयहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्न पत्राचार गरिसकिएको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड पालनाका लागि एक सिफ्टमा बढीमा २ सय जना परीक्षार्थीलाई मात्र सहभागी गराइनेछ । एउटा कोठामा २५ जना परीक्षार्थीमात्र राखिने विभागको तयारी छ । ६ लाख पुराना आवदेक परीक्षाको प्रतिक्षामा थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..