



नमोबुद्ध, काभ्रे । नेकपा एमाले नमोबुद्ध नगरपालिका–३ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। वडा अध्यक्ष माधव भुर्तेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भुर्तेलले गरेका थिए।



अधिवेशनमा नेकपा एमाले काभ्रे जिल्ला सचिव राजकुमार सापकोटा, बागमती प्रदेश सल्लाहकार सदस्यहरू गोमा भुर्तेल र उद्धव हुमागाईं, नगर कमिटी उपाध्यक्ष कृष्ण बहादुर लामा, सचिव सञ्जीव ढकाल, उपसचिव उपेन्द्र अधिकारी, जिल्ला सदस्यहरू नवराज भुर्तेल, शंकर गिरी, दामोदर खनाल, सञ्जीप न्यौपाने, नेतृ पवित्रा भुर्तेललगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजन भुर्तेलले एमाले समृद्धिको यात्रा अगाडि बढाउने नेतृत्वकर्ता भएको उल्लेख गर्दै, देश विकास र स्थानीय परिवर्तनको अभियानमा पार्टी एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्रको एकता र सांगठनिक सुदृढीकरण नै आगामी सफलताको आधार हुने स्पष्ट पारे।
अधिवेशनले नयाँ १५ सदस्यीय वडा कमिटी चयन गरेको छ। अध्यक्षमा माधव भुर्तेल पुनः निर्वाचित भएका छन् भने उपाध्यक्षमा शिव तिवारी, सचिवमा परीक्षण हुमागाईं, उपसचिवहरूमा रमेश रम्तेल र सपना तामाङ चयन भएका छन्।
नवगठित नेतृत्वले संगठनलाई थप सशक्त बनाउँदै स्थानीय तहमा एमालेको प्रभाव बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।