काभ्रेपलान्चोक – सबैले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल तामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् ।

चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए।

दशैंको मुखमा पेन्टिङ कामको चाप बढे पनि वर्षाका कारण शनिबारको काम रोकिएको थियो । चणिकलाल पनि आफ्नो वरपर बाढीको कहर हेर्न निक्लेका थिए । सोहि समयमा नै उनले बाढीमा बगेकालाई उद्दार गर्न सफल भएका हुन् । सबै खोलामा बाढी हेर्न जाने खराब पनि हुँदैनन् भन्ने एक उदहारण चणिकलाल ताामाङले दिएका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly