काभ्रेपलान्चोक – `हाम्रो सान हाम्रो पहिचान´ भन्ने मुल नाराका साथ भोमी परेवा उडान क्लबको साधारण सभा सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ काभ्रेको भवनमा शनिबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो ।राज कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष एवम् सल्लाहकार देबेन्द्र प्रसाद भैल हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा समुन्द्र लाल श्रेष्ठ, देश सुधार भैल, गौरी शंकर मानन्धर, विश्वनाथ कपाली लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबेन्द्र प्रसाद भैलले भन्नू भयो काठमाडौंको टोल टोलमा परेवा क्लब गठन भएको छ । बढ्दो प्रदूषण, सहरीकरण, फोहोर र खाद्यान्नमा बिषादिको मिसावटले परेवालाई अनेक रोग लाग्ने समस्या रहेकोे छ । अब छिटै यसको समाधान हुने उहाँले बताउनु भयो ।
उता कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार नवराज बजगाईले नव निर्वाचित पदाधिकारीहरु लाई बधाई अनि शुभकामना दिनु भएको थियो । परेवालाई शान्तिको प्रतीक मानिन्छ। परेवा पाल्दा एक प्रकारको शान्तिको अनुभूति हुने उहाँले बताउनु भयो । उहाँले भन्नू भयो परेवा कति माथि उड्छ र कति समय आकाशमा कावा खाइरहन सक्छ भन्ने प्रतिष्पर्धा हुन थाले पछि परेवा पाल्ने मानिसहरुको संख्या बढेको छ ।
नव निर्वाचित क्लबका अध्यक्ष सागर कपालीले कार्यक्रममा बोल्दै भन्नू भयो, ‘पहिले मानिसहरू शौख पूरा गर्न परेवा पाल्थे, अहिले प्रतियोगितामा भाग लिने उद्देश्यले उन्नत नश्लका परेवाहरू पाल्छन्।’ यो खेल र मनोरञ्जन मात्रै होइन, जीवनलाई अनुशासित बनाउने विधि पनि हो। कुलतबाट टाढा रहने र आफ्नो लक्ष्य प्राप्तिको दिशामा केन्द्रित रहने साधना रहेकोे बताउनु भयो ।
साधारण सभा बाट नयाँ कार्यसमिति चयन भएको छ । जसमा अध्यक्षमा सागर कपाली, उपाध्यक्षमा पुरुषोत्तम पलन्चोके, सचिबमा युकेश मानन्धर, सह-सचिबमा पुजन महर्जन, काेषाध्यक्षमा प्रनेश श्रेष्ठ, सह- काेषाध्यक्ष राजु मानन्धर, सदस्यहरुमा सोहन श्रेष्ठ सुमन मानन्धर, रबि तौजले, भक्त बहादुर श्रेष्ठ, निराजन कारंजित, दुर्गालाल श्रेष्ठ, विवेक बिक्रम राणा, दिल कृष्ण मुनंकर्मी र योगेन्द्र श्रेष्ठ चयन भएका छन् ।
परेवा पाल्ने र प्रतिष्पर्धात्मक रुपमा उडाउने चलन नयाँ होइन। नेपालमा राणाहरू मनोरञ्जनका लागि परेवा पाल्थे। राणा प्रधानमन्त्री चन्द्र समशेरले भारत गई अंग्रेजहरूबाट विदेशी नश्लका परेवाहरू ल्याएका थिए। त्यसपछि परेवा पाल्ने र उडाउने शोख राणाहरूमा झन् हुर्कियो। काठमाडौं उपत्यका लगायत काभ्रेका नेवारहरूले पनि परेवा पाल्ने र उडाउने गर्न थालेका छन् ।