काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा
काभ्रे बहिरा माध्यमिक विद्यालय र आदर्श बाल बिकास केन्द्रमा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

समाज डेण्टल बनेपाको प्राबिधिक सहयोगमा बनेपा वडा नं. ९ मा रहेको काभ्रे बहिरा माध्यमिक विद्यालय र आदर्श बाल बिकास केन्द्रमा भएको एकदिने दन्त शिविरमा ११२ जना विद्यार्थीहरुले सेवा लिएका थिए ।

आफ्नो तलब लाई कटाएर वडामा रहेको मानिसहरुलाई विभिन्न सहयोगको कार्यक्रम, स्वास्थ्य शिविर, दन्त शिविर गर्दै आए र आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पटक पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्यक्ष नृपेश बादेले बताए । जनताको समस्यामा घरघरमा गई भोलिका दिनमा अझै सेवा गर्ने र आगामी दिनहरुमा पनि यस्ता खाले शिबिरहरुलाई निरन्तरता दिएर अगाडी बढ्ने बादेले बताए ।

सामाजिक काममा पनि आफ्नो सहभागिता अगाडी बढाई आएको समाज डेन्टल बनेपाले विगतमा पनि धेरै ठाउँमा निशुल्क शिविर गदै आएको थियो । बनेपामा स्थापना भएको छोटो समयमा नै सेवाग्राहीको मन जित्न सफल समाज डेन्टल बनेपाले वडा नम्बर ९ मा निशुल्क दन्त शिबिर कार्यक्रमको प्राविधिमा सहयोग गरेको छ ।
निशुल्क दन्त शिविरमा धेरै दात तथा मुख सम्बन्धि समस्याको निशुल्क उपचार गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly