काभ्रेपलान्चोक – अनेरास्ववियु तेमाल गाँउपालिका कमिटिको प्रथम पालिका सम्मेलन अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हरिश्चन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रम बाट दुधराज लामाको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएको छ ।

अनेरास्ववियु तेमाल गाउँपालिका कमिटीको प्रथम गाउँ सम्मेलनबाट अध्यक्ष : दुधराज लामा उपाध्यक्ष : दिपक बडाल सचिव : दिनेश रसाइली सहसचिवहरु: दिल प्रेम स्याङतन / सपना तामाङ र कोषाध्यक्ष: नविन खरेल निर्विरोध निर्वाचित भएका छन । 

अनेरास्ववियु तेमालका इञ्चार्ज भुपेन्द्र लामाको सभापतित्वमा भएको कार्यक्रम संचालन जिल्ला कमिटी सदस्य कल्पना तामाङ गर्नुभएको थियोे । कार्यक्रममा नेकपा एमाले तेमाल कमिटीका सहसचिव सुरेन्द्र तामाङ नेकपा एमाले वडा नं.६ का अध्यक्ष खुसराज लामा ,अनेरास्ववियु जिल्ला सचिवालय सदस्य हेमराज हुमागाई लगायत अतिथिहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा अनेरास्ववियु हरेक विद्यार्थीहरुको हकहितका लागि सघै विद्यार्थीको साथमा रहने ,विद्यार्थीहरुलाई व्यवहारिक र वैज्ञानिक शिक्षामा जोड दिन अनेरास्ववियुले एजेन्डा उठाइरहने प्रतिवद्धता सहितको मन्तव्य प्रमुख अतिथि हरिश्चन्द्र घिमिरे ,अतिथिहरु सुरेन्द्र तामाङ ,हेमराज हुमागाई लगायत राख्नुभएको थियोे । तेमाल गाउपालिकाको सबै वडा र विद्यालयको विद्यार्थीहरु प्रतिनिधि रहेको कार्यक्रममा करिब तीन सय विद्यार्थी रहेको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य हेमराज हुमागाईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..