काभ्रेपलान्चोक – अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा अध्यादेश र प्रधानमन्त्रीको पुत्ला दहन गरेर विरोध प्रदर्शन गरेको छ।
अनेरास्वविु काठमाडौं विश्वविद्यालय अध्यक्ष सुदिन अधिकारीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सुन्दर लामा , नवीन बोगटी, सुपुस्प लामा सहित अनेरास्ववियु काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित थिए
विश्वविद्यालय प्रशासन अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले उक्त अध्यादेश खारेज गर्न माग गरेका छन्।

यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो। तर, अहिले अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ।

उक्त अध्यादेश एमालेको माधवकुमार नेपालपक्ष र जसपाको महन्थ ठाकुरपक्षलाई दल विभाजनका लागि सहज बनाउन सरकारले ल्याएको हो।

एमालेको नेपाल समूह र जसपाको ठाकुरपक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेका छन्।
हरेक पार्टीमा २०% भन्दा बढी नेतृत्व देखि असहमत सदस्य हुन्छन् र यदि २०% मा पार्टी फुटाउने हो भने नेपालका हरेक पार्टीमा गुटगत क्रियाकलाप बढ्ने, पार्टीको व्हिप नमान्ने जस्ता क्रियाकलाप बढ्ने र सवै पार्टीले टुट बेहोर्नु पर्ने हुन्छ भन्ने अनेरास्ववियु काठमाडौं विश्वविद्यालयका अध्यक्ष सुदिन अधिकारीको भनाइ छ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..