काभ्रेपलान्चोक – काभ्रेको बनेपा नगरपालिका वडा नं ६ स्थित बुडोलमा दोस्रो विन्टर कप फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ युवा नयाँ सोच नेपाल काभ्रेको आयोजनामा माघ ७ र ८ गते प्रतियोगिता हुदैँछ । बनेपा नगरपालिका वडा नं ६ स्थित बुडोल फुटबल खेल मैदानमा प्रतियोगिता हुने नयाँ युवा नयाँ सोच नेपाल काभ्रेको अध्यक्ष सुजन खत्रीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैँयाका साथै मेडल/प्रमाणपत्र र दोश्रो हुने टिमले १५ हजार साथै मेडल/प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर लाई पनि सम्मान गरिने छ ।

प्रतियोगितामा सहभागी हुनको लागि ३५ सय रुपैँयादर्ता शुल्क तोकिएको छ । अन्तिम दर्ता मिति माघ ६ गतेसम्म तोकिएको छ । ए र बि डिभिजन खेल्ने खेलाडी खेलमा समावेश हुन नपाउने उनले जानकारी दिए ।

दोस्रो विन्टर कप फुटबल प्रतियोगिताका लागि काभ्रे जिल्ला फुटबल संघ र मा चण्डेश्वरी सप्लायर्स प्राविधिक सहयोग रहेको छ । उक्त प्रतियोगिता बेथानचोक खबर डट कम , काभ्रे प्रेस डट कम ,सन्जिवनि पत्र , प्राईम एफ । एम , नेपाली कलम , रेडियो एविसि, रुटिन अफ काभ्रे बन्दबाट प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..