काभ्रेपलान्चोक – लायकु क्लब बनेपा आयोजना र बनेपा नगरपालिकाको विशेष सहयोगमा पुष १३ देखि १७ गतेसम्म काभ्रे जिल्ला स्तरीय बनेपा मेयर कप भलिबल प्रतियोगिता गरिने भएको छ ।

लायकु क्लब बनेपाका अध्यक्ष बिक्रम प्रजापतिले प्रथम बनेपा मेयर कप जिल्ला व्यापी पुरुष भलिबल प्रतियोगिता हुने काभ्रे प्रेस लाई जानकारी दिए । खेल खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने अध्यक्ष प्रजापतिले बताए ।

उक्त प्रतियोगीतामा १७ वटा टिमको सहभागीता हुने विश्वास गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुनेलाई क्रमश ५० हजार, २५ हजार, १५ हजार र ७५०० नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष प्रजापतिले काभ्रे प्रेस लाई बताएका छन ।   

पहिलो चरणमा लायकु क्लब बनेपाले बनेपा नगरमा बसोबास गर्ने महिला तथा पुरुषलाई तीन महिने भलिबल प्रशिक्षण कार्यक्रम गरेको थियो भने अहिले आएर प्रतियोगिता नै संचालन गर्ने भएको छ ।

उक्त प्रतियोगितामा भाग लिन एउटा टिम दर्ता गरेको ३००० लाग्ने आयोजकले जानकारी दिएको छ भने यहीँ पौष ११ गते भित्र टिम दर्ता गर्न आयोजकले आवहान गरेको छ । भलिबल प्रतियोगिता लायकु-८ बनेपामा हुने छ ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..