काभ्रेपलान्चोक – झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ वाषिर्कोत्सव तथा वृद्व वृद्धा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बनेपाको पार्टी भेनुमा एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष बुद्धरत्न मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका आतिथ्य बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले पानसमा बत्ति बाली केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रम बोल्दै बादेले वृद्व वृद्धा लाई केही समस्य परेमा नगरपालिका आउन समेत आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा बादेले नचलेका नामको मात्रै भएका सहकारी लाई हटाउने बताउनु भयो ।   

कार्यक्रममा कोषाध्यक्ष नवराज मानन्धरले स्वागत मन्तव्य राख्दै झिगु सहकारीको नाम नै सहयोगी रहेकोे बताउदै यस संस्थाले सहकारीका सदस्यहरु लाई जस्तो सुकै परिस्थितिमा पनि सकेको सहयोग गर्ने बताउनु भयो ।उहाँले भन्नू भयो अन्य बेलामा पनि विभिन्न ठाउँमा खानेपानीको व्यवस्था, चण्डेश्वरी जात्रामा निशुल्क खानेपानी सामाजिक कार्य गरेर सहकारीले धेरैको मन जितेको बताउनु भयो ।   

१०१ वर्ष की दिलबेटी मानन्धर लगायत ४१ जना वृद्व वृद्धाहरु लाई सम्मान पत्र सहित दोसल्ला र ज्याकेट दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष टीका राम मानन्धर, सचीव दिपा ताम्राकार मानन्धर, प्रबन्ध बुद्ध काजी मानन्धर लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly