जेठ १३ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित हुनुभएको छ ।

भर्खरै सम्पन्न मतगणना परिणाम अनुसार बर्तमान अध्यक्ष थेवे प्रतिस्पर्धामा रहनुभएका बर्तमान महासचिव सुमन पुरीलाई १ सय ९८ मतको अन्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा १४ सय ४ मत खसेको थियो । जसमध्ये थेवेले ७ सय ९६ मत पप्त गरी जीत निकाल्नु भयो भने पुरीले ६ सय ८ मत पप्त गरी उपबिजेतामा चित्त बुझाउनु पर्यो ।

अघिल्लो महाधिवेशनमा सर्वसम्मत निर्वाचित थेवेलाई महेश बस्नेतसहित निरुदेवी पाल, रमेश पौडेल, राजीव पहारी, किरण पौडेल, बच्चनबहादुर सिंहसहित युवा संघका पूर्वअध्यक्षहरुले पुन मैदानमा उतार्नुभएको थियो । सवै पूर्वअध्यक्षहरुको निर्देशनमा थेवे उम्मेदवार बन्नुभएको हो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly