काभ्रेपलान्चोक –नेपाल पत्रकार महासंघ काभ्रे शाखाले शनिबार एक कार्यक्रमको आयोजना गर्दै २९ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा महासंघ काभ्रेका पूर्वअध्यक्षहरुलाई र महासंघलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख अतिथिले कार्यक्रममा पुर्व अध्यक्षहरु ईश्वरी ओझा, भोला थापा, नारायण सापकोट र मोतिराम तिमल्सिना लाई सम्मान गरेको थियो । उक्त कार्यक्रमको अवसरमा पत्रकार महासंघ काभ्रेकी कार्यालय सहयोगी मञ्जु तामाङलाई नगद पाँच हजार रुपियाँसहित सम्मान गरिएको थियो । साथै कार्यक्रममा गत वर्षको कोरोनाको समयमा महासंघले स्थापना गरेको कोरोना आपतकालिन राहत कोषमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काउन्सिलका सदस्य ठाकुर बेल्बासे, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा, पूर्वअध्यक्षहरु भोला थापा, नारायण सापकोटा, मोतिराम तिमल्सिना, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य पेमा लामा, महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज बजगाई, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भूवन रायमाझी, प्रेस यूनियन काभ्रेका उपाध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष रोजन तामाङ, समाजवादी पत्रकार संगठन बागमती प्रदेशका अध्यक्ष ध्रुर्व रायमाझीलगायतका अन्यको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly