बनेपा – श्रमिक वर्गले सुरुवात गरेर श्रमजिवी वर्गबीच निक्कै लोकप्रिय रहेको झिगु बचत तथा ऋण सहकारी संस्थाले गौरवमय १५ औं साधारण सभा मनाएको छ ।

सानो सानो पुँजी रहेका र आपसी अ‍ैचोपौचो गर्दै आफ्नो समस्या समाधान गर्न स्थापना भएको सहकारीको साधारण सभाको प्रमुख अतिथी बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्यले सहकारीको साधारण सभामा देखिएको उपस्थितीले सहकारीले निक्कै राम्रो काम गरिरहेको बताउनुभयो ।

उहाँले सहकारीको भिडमा झिगु सहयोगीले फरक ढंगले काम गरेको बताउँदै सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरेको पाइएको स्पष्ट पार्नूभयो ।

उहाँले सहकारीसँग समन्वय गरेर आफूले काम गर्न चाहेको बताउनुभयो । मेयर शाक्यले सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले काम गर्न र कम्तिमा मुल सडक देखिने गरेर सिसी क्यामेरा मात्रै राख्न अनुरोध गर्नूभयो ।

सहकारी धेरै रहेपनि आज वास्तविक सहकारीको महसुस गरेको उहाँले बताउनुभयो । सहकारीको साधरण सभामा हस्ताक्षर गरेर हिड्ने गरेको देखेपनि यो सहकारीमा भने सबै सदस्य मिलेर बस्ने गरेको पाएको उहाँले बताउनुभयो ।

साधारण सभाको सभापतित्व गर्दै संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरले सहकारीले सहकारीको मर्मलाई आत्मसाथ गरेको बताउनुभयो । सहकारीमा आफुहरुले समान आय स्रोत भएका सदस्यसँग मिलेर काम गरिरहेको बताउँदै सकेसम्म उदाहरणीय काम गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले आफ्नो सहकारीमा एउटै आय स्रोत भएका सदस्य रहेको र सबै मिलेर सहकारीको बृद्धि विकास गरेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष टिकाराम मानन्धरले स्वागत मन्तव्य राख्दै सहकारीले गरेका प्रगतिको बारेमा प्रष्ट्राएका थिए । सहकारीको साधारण सभाको संचालन सचिव दिपा मानन्धरले गर्नुभएको थियो । उहाँले २०६४ सालमा स्थापना भएको सहकारीमा हालसम्म १३७० जना सेयर सदस्य रहेको जानकारी दिनुभयो ।

सहकारीका कोषाध्यक्ष नवराज मानन्धरले एक बर्षमा भएको आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । सो प्रतिवेदन अनुसार १० करोडको कारोबार, ८ करोड ऋण लगानी रहेको प्रतिवेदन पेस गर्नुभएको थियो ।

सहकारीले चण्डेश्वरी जात्रामा पानी वितरण, जेष्ठ सदस्यलाई भ्रमणको कार्यक्रम गर्दै आएको छ । सो अवसरमा लेखा सुपरीवेक्षण समितीका संयोजक पुरुषोत्तम मानन्धरले लेखा प्रतिवेदन पेस गर्नुभएको थियो । साधारण सभामा पत्रकार केशवराज पौडेले मजदुरको एउटा असल साथीको रुपमा सहकार रहेको बताउनुभयो ।
सहकारीको साधारण सभाको अवसरमा १० बर्षसम्म नियमित रुपमा बचत गर्ने एक जना सदस्यलाई भत्ता वितरण गरिएको थियो । त्यस्तै नियमित बचतगर्र्ने बचतकर्ता,बाल बचतकर्ता, ऋणीलाई सम्मान गरिएको थियो ।
साधारण सभामा काभ्रेका कृयाशिल पत्रकार, सहकारीका अधिकाशं सदस्यको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly