काभ्रेपलान्चोक – चर्चित गायक तथा संञ्चारकर्मी सरोज लामिछानेको मौलिक संगीतमा दशरथ डङ्गोलको पहिलो एल्बम “गाजलु” सार्वजनिक भएको छ । गीत संगीतमा धेरै रुचि भएको र संगीत प्रतिको मायाले गर्दा डङ्गोलले एल्बम नै निकालेका छन्। उहाँको संगीत यात्राको यो पहिलो एल्बम रहेको र अर्को गित केही महिना पछाडि सार्वजनिक गर्ने तयारीमा लागेको काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

असोक राज रेग्मीको मन छुने शब्द सिर्जनामा सजिएको यो गीत दशरथ डङ्गोल र बिन्दा सुन्दासले आवाज दिएका छन भने सरोज लामिछानेले संगीत भरेका छन्। अमोन रानाको कथा निर्देशन र नृत्य निर्देशन मा रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग (राज) र अनु पराजुलीको अभिनय रहेको छ। मरुभूमि नारायणले छायांकन गरेका छन् भने लोक चौतारी नामक युटुब च्यानल बाट बजारमा सार्वजनिक भएको छ।  https://youtube.com/watch?v=IaWL7MJCdqY&feature=share

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र