काभ्रेपलाञ्चोक – २०४६ सालमा जन्मनु भएको बिजेन रंजित पछिल्लो समय राजनीतिको साथ साथै व्यवसायमा पनि सक्रिय ब्यक्तिको रुपमा सुपरिचित हुनुहुन्छ । २०६५ साल देखि नेपाली कांग्रेसको विद्यार्थी राजनीति बाट राजनीतिमा हुमिनु भएको रंजित पछिल्लो समय नेपाल तरुण दल बनेपा नगर कार्यसमिति सभापति हुनुहुन्छ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बनेपाको नगर प्रमुख र उप–प्रमुख लगायत १४ वटा वडाका जनप्रतिनिधिहरु लाई जिताउन तरुण दल बनेपा नगरले खेलेको भुमिका उल्लेखनीय रहेको नेपाली कांग्रेसका मानिसहरुले नै बताइरहेका छन् । पछिल्लो समय भर्खरै सकियको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारहरु लाई जिताउन दिन रात नभनी लागि परेको सभापति रंजितले बताउनु भयो । फल स्वरुप प्रतिनिधि सभा सदस्य बाहेक अरु गठबन्धनको उम्मेदवार जिताउन सफल भएको देखिन्छ । बनेपा तरुणले प्रकृति प्रकोप होस, भुकम्प, महामारी जस्तो सुकै अवस्थामा पनि हरेक दुखमा सहयोग गर्दै आएको जनकारहरु बताउँछन् ।

बनेपा तरुण दलले, नेपाली कांग्रेसको युवा नेता तथा निवर्तमान केन्द्रिय सदस्य सुधिर बैधको नेतृत्वमा बेथानचोक गाउँपालिकाको बिद्यार्थीहरु लाई हौसला स्वरुप एसइइमा प्रथम हुने विद्यार्थी लाई पचास हजार नगद प्रदान गरिएको थियो । बनेपा तरुण दलले बनेपाका बिद्यार्थीहरु लाई पठनपाठनको लागि आवश्यक पर्ने किताब, कपि, कलम दिनुका साथै आगलागी भएका घर तथा पसलहरुको मानिसलाई नगद सहयोग गदै आइरहेको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले बनेपा तरुण दल नगर सभापति बिजेन रंजितसँग गरेको समसामयिक कुराकानी 

 

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ? बनेपा तरुण के गर्दै छ ?
आज भोलि आफ्नै कामको साथ साथै भर्खरै सम्पन्न निर्बाचनमा काभ्रे कांग्रेसमा हाम्रो भुमिकामा के कति कमिकमजोरीहरु भए अनि हामीले गरेको मेहनत कत्तिको सफल भयो भन्ने बिषयमा बनेपा नगरका सबै वडामा हाम्रो भुमिकाको बारेमा बुझ्दै छौँ । म आफै नेपाल तरुण दल बनेपा नगर सभापति भएको कारणले निर्वाचनको समिक्षा गरिरहेका छौँ । अब बनेपा तरुण कसरी अगाडी बढने भन्ने बिषयमा हाम्रो छलफल जारी छ ।

० प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि सकियो तपाईंहरुको भुमिका ?
प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा हाम्रो उल्लेखनिय भुमिका रहेको थियो । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रदेश सभाको उम्मेदवारहरु लाई जिताउन लागि परेका थियौं । जसमा हामीले प्रदेश सभाको उम्मेदवारहरु लाई जिताउन सफल भयौं । निर्वाचनको बेलामा हामीले बनेपा नगरको १४ वटा वडामा एक बुथ २५ तरुण भन्ने हाम्रो अभियानलाई जोडदार तरिकाले सम्पन्न गरि निर्बाचनलाई सभ्य तरिकाले सम्पन्न गरायौं ।

० तपाईहरु नेपाली कांग्रेसको युवा शक्ति हो ? के तपाईंहरुको काम जुल गर्ने हुल दंगा गर्ने मात्रै हो ? अरुले त त्यसरी सोच्ने गर्छन् नि ?
तपाईले भने जस्तै पक्कै पनि हामी तरुण नेपाली कांग्रेसको एउटा बलियो खम्बा अथवा पिलर नै हो । सोच्नु होस् न मुटु बिनाको शरिर रहन नसके जस्तै तरुण बिना पार्टी नि चल्न सक्दैन । अनि अर्को कुरा हामी तरुण हुल गर्न अनि दंगा गर्नलाई गठन भएको चाहि पक्कै होइनौ । बनेपा तरुणले हरेक जनताको दुखमा भरपुर साथ अनि सहयोग गर्ने गरेको छ । चाहे त्यो भुकम्पको बेला होस चाहे त्यो कोरोनाको समयमा होस । दिनरात नभनि हामिले सहयोगी भुमिका निभाउदै आएका छौ । कसैले रगत नपाएर ज्यान गुमाउनु नपरोस भनेर बेलाबेलामा रक्तदान जस्तो महान कार्यपनि हामीले गरेका छौ । अनि कसरी हामी हुल दंगाको लागि मात्र हुन सक्छौ । पक्कै पनि देशलाई अफ्ठ्यरो परेको अबस्थामा देश बचाउने अभियानमा आन्दोलनको अग्रपंकितमा रहेर काम गरेका छौ ।

० स्थानीय तह र केन्द्रिय सरकार लाई कतिको खबरदारी गर्नुहुन्छ ?
पक्कै पनि जनहितमा काम गर्न र गराउनको लागि तरुणले अहम भुमिका निभाएर खबरदारी गर्ने गरेका छौं । आबश्यकता अनुसारको केन्द्रमै धाउनु परेमा पनि हामी पछि हट्ने छैनौ । बनेपा तरुणको खबरदारी निरन्तरता रहने छ । देश र जनता प्रती हामी उत्तरदायी छौं ।

० तरुण दलको खासै कहिँ कतै केही भुमिका देखिदैन नि ?
तपाईंले कसरी लिनु भएको छ । तरुण मेरो अर्थमा पार्टीको मेरुदण्ड मात्र नभई आम जनसमुदायहरुको मेरुदण्ड हो । तर्सथ तपाईले भन्नू भयो तरुणको कुनै भुमिका रहेन भन्ने सन्दर्भमा हामी तरुणहरुले जब जब मुलुकमा समस्य पर्यो, महामारी फैलियो, भैपरी आएका प्राकृति बिपत्ति लगायत पार्टीका चुनावी अभियानमा हामी अग्रपंक्तिमा देखिन्छौ । हामी आफ्नो पार्टी बाट टिकट ल्याएका उम्मेदवारहरु लाई जिताउन हामी दिन रात नभनी लागी परेका थियौ । तपाईंहरुले देख्नु नै भयो होला भर्खरै सकियको स्थानीय तहको चुनाव, प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका उम्मेदवारहरु लाई जिताउन हामी एक जुट भएर लागि परेका थियौं । अर्को कुरा हामी पार्टी भित्र रहेर या नरहिकन तरुणहरु एउटा मजबुत खम्बाको रुपमा रहि अग्रपंक्तिमा बसेर काम गरिरहेका छौँ ।

 

० स्थानीय तहले गरेको काममा कतिको खबरदारी गर्नु भएको छ ?
हामीले निरन्तर खबरदारी जारी राखेका छौँ । बनेपाको १४ वटा वडाका जनप्रतिनिधिहरु लाई बिकासको काममा जनताको गुनासो लाई तुरुन्तै सम्बोधन गर्ने आग्रह गरेका छौ । स्थानीय जनताले लिएर आएका समस्यहरु लाई उचित तरकारीले समाधान गर्ने बाताबरण सिर्जना गरेका छौँ । शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा केहि समस्य परेमा तुरुन्तै छलफल गराउन हामीले दबाब दिरहेका छौं ।

० बनेपामा पहिला र अहिले बिकासको काममा कतिको फरक पाउनु भएको छ ? बनेपाली जनता खासै काम भएको छैन भन्छन् तपाईंहरुको खबरदारी एमाले लाई मात्रै हो कि अरु लाई पनि ?
बनेपामा पहिलाको तुलनामा केही फरक कामहरु भएको देख्न सकिन्छ । एकै चोटि ठुलो परिवर्तन त गर्न सकिदैन बिस्तारै बिस्तारै गर्दै जाने हो । पहिलाको बनेपा बजार हेर्नुस् र अहिलेको बनेपा बजार हेर्नुस् केही त फरक पाउनु हुन्छ । बनेपा पुल बजार देखि नयाँ तरकारी बजार सम्मको दायाँबायाँ सडक हेर्नुस् पहिला र अहिलेको अनि अर्को कुरा बनेपा बजारमा राखिने फुटफाट बजार लाई व्यवस्थापन गरिएको छ । बनेपाको हेरक बिजुलिको पोलमा बत्ती जडान गरिएको छ । के यि कामहरु पहिला देखिन्थ्यो त । बनेपाली जनतालाई सहज होस भनी फ्री वाइफाइको व्यवस्थापन गरिएको छ । धेरै कामहरु भएका छन् जुन जनताले महशुस गर्न सकिने कुराहरु हुन् । हाम्रो खबरदारी एमालेको सरकार लाई मात्रै होइन हामी जनताको साथमा छौँ । तरुण भनेकै जनताको दुख सुखको साथी हो । हामी जनताको समस्यहरु लाई समाधान गर्नेको लागि जुनसुकै सरकार लाई पनि खबरदारी गर्छौं । साथै जनता प्रती उत्तरदायी भएर काम गर्ने अनुरोध पनि गर्छौ ।

० प्रदेश सभामा त आफ्नो उम्मेदवार जिताउन सफल हुनु भयो ? प्रतिनिधि सभामा के भएर बनेपा वाट कम भोट आयो त ?
प्रदेश सभामा जस्तै प्रतिनिधि सभामा पनि पक्कै पनि बराबरी भोट आउन पर्नै नै थियो तर स्थानिय ब्यक्ति र अलि परको ब्यक्तिमा ब्यक्तिगत हिसाबले १०००÷ १२०० फरक पर्नु स्वभाविक नै हो । तर यहाँ तपाईंले भने जस्तै प्रतिनिधि सभामा हाम्रा केहि ठुला नेताहरुबाट नै घात अन्तरघातको कार्य भएको छ । त्यस बिषयमा गम्भीर रुपले बुझ्नको लागि हामी तरुण आ–आफ्नो तरिकाले लागि परेका छौ।

० बनेपा तरुणको खासै राजनीति भविष्य देखिदैन नि ?
हा…. खोई के हिसाबले तपाईले बनेपा तरुणको भबिष्य देख्नु भएन त्यो चाहिँ बुझ्न सकिन । तपाई हेर्दै जानुहोस् पक्कै पनि बनेपा तरुण अबको दिनहरुमा हरेक कुरामा आफ्नो भबिश्य उज्वल बनाएर हिड्ने छ । हरेक बिकास निर्माण कार्यमा बनेपा तरुण नै देख्नुहुने छ ।

० अब तपाईंहरुको योजना के हो ? बनेपा तरुण कसर अगाडि बढछ ?
अबको हाम्रो योजना भने कै नेपाली कांग्रेस पार्टीलाई काभ्रेमा बलियो बनाएर लैजाने हो । नेपाली कांग्रेस काभ्रे जहिले पनि एक ढिक्का छ भन्ने बनाएर देखाउने । अब हुने हरेक बिकास निर्माण देखि लिएर सबै कार्यहरुमा तरुणहरुलाई अग्रनी भुमिकामा राखेर लैजान अभिपेरीत गर्ने हेरक जनताको दुख सुखको साथि भएर जनताको हेरक पलपलमा सँगै रहेर काम गर्ने । जनताको काममा जनप्रतिनिधिहरुलाई एउटै ब्यवहार गरेरे काम गर्न लगाउने जस्ता कार्यहरुमा हामी तरुण ब्यस्त हुने छौ।

० अन्तमा ?
सर्वप्रथम तपाई लगायत तपाईंको मिडिया लाई हाम्रो कुरा राख्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । सबै तरुण युवा साथिहरुलाई आ–आफ्नो वडामा परिचालित भइ जनताको हरेक दुख सुखमा हातेमालो गर्दै जनताको साथमा रहन आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..