अस्पताल–विद्यालयबीच सहकार्य सम्झौता, विद्यार्थीको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्न तारकेश्वर नगरपालिका–३ स्थित ज्ञानेदय आधारभूत विद्यालयमा ॐ समाज अस्पताल बानस्थली शाखाको आयोजना तथा तारकेश्वर क्लब ६० को सहकार्यमा एक दिवसीय नि:शुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा विद्यालय र अस्पतालबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर समेत गरिएको छ।
कार्यक्रम अन्तर्गत विद्यालयका १०२ जना विद्यार्थी र अभिभावक टाेलबासि हरुकाे दन्त परीक्षण, परामर्श तथा स्वास्थ्य सम्बन्धी सचेतना सेवा प्रदान गरिएको थियो।
विद्यालय प्रशासनको सक्रिय भूमिका कार्यक्रमको सफलता विद्यालयका प्रिन्सिपल, शिक्षक तथा शिक्षिकाहरूको सक्रिय सहभागिता र समर्पणपूर्ण सहकार्यबिना सम्भव हुने थिएन। विद्यालय व्यवस्थापन समितिको सहकार्य, शिक्षकहरूको सहजीकरण तथा शिक्षिकाहरूको विद्यार्थी व्यवस्थापनमा देखिएको योगदान उल्लेखनीय रह्यो।
विद्यालय प्रिन्सिपलले प्रारम्भदेखि अन्त्यसम्म समन्वयात्मक भूमिका खेल्दै अस्पताल टोलीलाई आवश्यक सम्पर्क, सहयोग र स्थान व्यवस्थापनमा सहजता प्रदान गर्नुभयो। शिक्षिकाहरूले विद्यार्थीहरूको लाइन व्यवस्थापन, जानकारी संकलन तथा आवश्यक सल्लाह–सुझावमा महत्वपूर्ण साथ पुर्याए।
विशिष्ट सहभागिता र समर्पण कार्यक्रममा समाजसेवी शारदा प्रसाद अर्याल र बिस्नु ठकुरीको विशेष प्रेरणादायी उपस्थिति थियो। शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा दुई दशकभन्दा बढी सक्रिय ठकुरीले यस्ता सहकार्यले सरकारी विद्यालय सुधारमा टेवा पुग्ने धारणा राख्नुभयो।
अस्पतालको समर्पण र समन्वय
ॐ समाज अस्पताल बानस्थली शाखाकी प्रमुख सबिना पापन गुरुङको नेतृत्वमा दन्त चिकित्सक डा. रितिका श्रेष्ठ, डा. सुदेसा अधिकारी तथा दन्त सहायक जुनु पण्डित र दुर्गा न्यौपाने सहितको टोलीले बच्चाहरूको दन्त परीक्षण गर्दै आवश्यक परामर्श र उपचार सल्लाह दिएका थिए। गुरुङले भनिन्,
“हाम्रो अस्पताल यस्ता बाबु–नानीहरूकै लागि हो। दुर्गम र सुविधाबाट बञ्चित क्षेत्रका बालबालिकालाई सेवा दिन पाउनु हाम्रो सौभाग्य हो। यस आयोजनाको सफलतामा पत्रकार राजन थापा सरको भूमिका अतुलनीय रह्यो। सम्पूर्ण श्रेय उहाँलाई दिन चाहान्छु।
समन्वयकर्ताको सशक्त योगदान कार्यक्रमको आयोजना र समन्वयमा पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाले विद्यालय र अस्पतालबीचको सहकार्यलाई व्यवहारमा उतार्न निर्णायक भूमिका निर्वाह गर्नुभयो। उहाँले जोड दिनुभयो,
“सरकारी विद्यालय सुधारका लागि विद्यालय, शिक्षक, अभिभावक, सामाजिक संस्था र स्थानीय सरकारबीचको समन्वय अपरिहार्य छ। स्वास्थ्य र शिक्षाको एकीकृत प्रयासबाट मात्र समावेशी र गुणस्तरीय सिकाइ सम्भव छ।”
यस स्वास्थ्य शिविरले शिक्षा र स्वास्थ्यबीचको सम्बन्ध सुदृढ गर्दै सामुदायिक विद्यालयमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। विद्यालय, अस्पताल, सामाजिक संस्था र अभिभावकहरूको समन्वयले मात्र दीर्घकालीन र प्रभावकारी परिवर्तन सम्भव छ भन्ने सन्देश कार्यक्रमले दिएको छ।