तर, पलको चर्चा गरिमासँग विशेष हुने गर्छ । किनभने, यो जोडीले पछिल्लो समय हिट गीतहरु पस्किइरहेको छ । यही मेसोमा पल र गरिमा फिचर्ड गीत ‘एउटा सपना छ’ मंगलबार इन्टरनेट रिलिज भएको छ ।

राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो । पुष्पन प्रधानको संगीत र मून प्रसाईको स्वर रहेको गीतमा यी दुईजनाले अभिनय गरेका छन् ।

मिडियासँग पल र गरिमा दुबै रोमान्टिक सुनिए । वास्तविक जीवनमा धेरैपटक विहे गरेका पलले अनस्क्रिन विहे भने दर्जनौंपटक भएको बताए । गरिमासँग ती अनस्क्रिन तीनपटक विहे गरेको भन्दै उनले ठट्टा पस्किए ।

‘पहिलो विहे आँचल शर्मासँग भएको थियो । त्यसपछि वर्षा राउत, रियाशा दाहाल र गरिमा शर्मासँग भयो । गरिमासँग त तीनपटक भयो’ पलले भने । निषेधाज्ञा खुकुलो भएसँगै पल र गरिमा पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त भएका छन् । नेपाल प्रेस बाट साभार

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..