नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड–१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिन लागेको हो ।

शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत प्राप्त गर्नेछ ।

सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने जानकारी दिँदै विश्व बैंकले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई उक्त खोप प्रभावकारी हुने जनाएको छ ।

विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोभले महामारीविरुद्धको स्वास्थ्य सहायतामा बैंक नेपालसँगै रहेको जनाएका छन् । महामारी सुरु भएयता विश्व बैंकले नेपाललाई १०४ मिलियन डलर बराबरको स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….