बुटवल – लुम्बिनी प्रदेशको बुटवलमा दोस्रो राष्ट्रिय नृत्य दिवस सम्पन्न भएको छ ।
नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ सम्पन्न भएको हो । फल्गुन ४, ५ र ट गते तीन दिन विविध कार्यक्रम गर्दै दोस्रो राष्ट्रिय नृत्य दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा नृत्य कार्यशाला, रक्तदान लगायत मौलिक कला सँस्कृति सहितको झाँकी तथा नृत्यहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको समापन लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्री लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, मध्यपुर थिमी नगरपालिकाका निवर्तमान प्रमुख मदन सुन्दर श्रेष्ठ, बुटवल उप महानगर पालिका प्रमुख खेलराज पाण्डे, उप प्रमुख सावित्रा अर्याल, बुटवल उपमहानगर पालिकाका पुर्व मेयर शिवराज सुबेदी, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिष पन्थ लगायतको उपस्थिति रहेको थियो ।
नृत्य हाम्रो अभिमान, कला संस्कृतिको पहिचानू भन्ने नारा सहित नृत्य दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिए
को नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले बताए । महोत्सवमा देशभरका १ सय बढी कलाकारहरुले आफ्नो ठाँउको पहिचान हुने गरि थरीथरीका नृत्य प्रस्तुत गरेका थिए ।
अध्यक्ष शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका केन्द्रिय संघका अध्यक्ष भुवनदास श्रेष्ठले कला र संस्कृतिको संरक्षणमा सक्रिय नृत्य निर्देशकहरुले अधिल्लो वर्षदेखि राष्ट्रिय नृत्य दिवस मनाउँदै आएको बताए । राष्ट्रिय नृत्य दिवस घोषणा गर्न सरकारसँग माग राख्दै आएको समेत केन्द्रीय अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा सहभागी नेपालका सबै जिल्लामा सक्रिय कलाकार, नृत्य निर्देशक, नृत्यकार, रंगकर्मीहरुको पहिचान तथा त्यस मार्फत देशको पर्यटकीय शान बढाउन कार्यक्रमले सघाउ पु¥याउने अपेक्षा सहित कार्यक्रम आयोजना गरिएको लुम्बििनी प्रदेश अध्यक्ष शाहले बताए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..