काभ्रेपलान्चोक – सामाजिक रुपमा सक्रिय बनेपाका राम जोशीले प्रतिनिधिसभा क्षेत्र न २ (ख)को सचिब उम्मेदवारी घोषणा गरेका छन । जोशीले १४ औँ अधिवेशनमा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा सचिव पदका लागि उम्मेदवार घोषणा गरेर प्रचारप्रसारमा लाग्नु भएको छ ।

२०४९ सालदेखी नेपाली कांग्रेस पार्टीमाआबद्द भई राजनितिमा सक्रिय रहेर उहाँले २०७२ सालमा नेपाली कांग्रेस बनेपा वडा न १ को सभापति  चयन हुनु भएको थियो । ११औ अधिबेसनमा बनेपा नगर सचिब हुनु भएको थियो भने सधै समाजसेवामा निरन्तर खट्दै आऊनु भएको छ । १२ औं र १३ औ अधिबेशनमा बनेपा नगर सभापति हुनु भएको थियो । जोशीले काभ्रे जिल्लामा नेपाल तरुण दलको जिल्ला सभापति १३ वर्ष सम्म चलाउनु भएको थियो । उता गएको स्थानीय चुनावमा बनेपा नगरको मेयरको प्रतिस्पर्धी हुनु हुन्थ्यो ।


सन २००४ मा जेसिस अध्यक्ष चयन हुनु भएका जोशी सामुदायिक प्रहरी सेवाकेन्द्र बनेपाका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..