भाद्र १३ गते बिहिबार
भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ६ मा अवस्थित क्वालिटी अंग्रेजी माविको आयोजनामा भक्तपुर जिल्लाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न भयो ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न लोक नृत्य प्रतियोगितामा मित्र श्री पाठशाला प्रथम हुन सफल भएका थिए भने क्रमशः इडेन गार्डेन अंग्रेजी स्कूल, पारागन एकेडेमी र ऋताम्भरा पाठशाला क्रमशः द्वीतीय, तृतीय र सान्तवना स्स्थान पाउन सफल भए ।
चँगुनारायण ६ मा अवस्थित क्वालिटी अंग्रेजी माविको रजत जयन्ती २०८० को अवसरमा आयोजित जिल्लाव्यापी लोक नृत्य प्रतियोगितामा प्रमुख अतिथि वडाध्यक्ष धनबहादुर लामाले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने यस्तो कार्यक्रम सह्रानीय रहेको उल्लेख गर्दै बालबालिकाको प्रतिभा विकासमा यस किसिमको कार्यक्रम उपलब्धी मुलक हुने धारणा राखे । लामाले विद्यालयले गरेका् कार्यक्रमको प्रशंसा गर्दै चाँगुनारायण वडा नं. ६ मा रहेको यस विद्यालय रहेकोमा गौरावान्वित भएको बताए ।

कार्यक्रमका विशेष अतिथि नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले क्वालिटि स्कूललाई विद्यार्थीको अतिरिक्त क्रियालापको गुणस्तर उकास्न कार्यक्तम आयोजना गरेकोमा प्रशंसा गरे । अध्यक्ष खड्काले नृत्य प्रतियोगितामा निर्णायकहरुले विद्यार्थीहरुको प्रस्तुतिलाई गहिरिएर विवादरहित तरिकाले मुल्यांकन गर्नुपर्ने विचार राखे ।

विद्यालयका प्रिन्सिीपल गोबिन्दबहादुर (जिबी) खड्काले विद्यालयको रजत जयन्तीको अवसरमा बालबालिकाहरुको सृजनशिलता अभिवृद्धि गर्न र कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न जिल्ला व्यापी लोकनृत्य प्रतियोगिता आयोजना गरिएको बताए । प्रिन्सिपल खड्काले पछिल्लो समय प्रतियोगिताहरु विवादित हुँदै आएकोमा यस पटक भने विवादरहित तरिकाले सम्पन्न गरिएको दाबी गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबोधन बास्तोलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विजेता विद्यालय तथा विद्यार्थीहरुलाई प्रमुख अतिथि लामा, विशेष अतिथि खड्का, विद्यालयका प्रिन्सीपल खड्का लगायतले नगद सहित ट्रफी, मेडल, प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा विमल मेमोरियल स्कूलले उत्कृष्ट भेषभूषाको उपाधी र मित्रश्री पाठशालाले उत्कृष्ट कोरियोग्राफरको पुरस्कार पाएका थिए ।

विद्यालयका सह प्रिन्सीपल रामकुमार नेपालले संचालन गरेको कार्यक्रममा मिनर्वा शर्मा राजोपाध्याय, देवचन्द्र बज्राचार्य, प्रेमलाल श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए । विजेताहरुलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्रदान गरिएको प्रिन्सीपल खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly