काठमान्डौ ।
तामाङ समुदायको इतिहास, धर्म, संस्कृति साहित्य संगीत र कलालाई सङ्कलन गरी राख्न काठमाण्डौ १६ नागार्जुन चोकमा
मा कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने भएको छ । साहित्यकार तथा समाजसेवी दिलिप तामाङ र उहाँको सम्पुर्ण परिवारको पहलामा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने भएको छ ।

सबै तामाङहरूलाई आवश्यक्ता अनुसार अध्यान र अनुसन्धान गर्न सजिलो होस भन्ने सोचले तामाङहरूको लेख र अनुसन्धान सङ्कलन गरी अभिलेख राख्ने सोचले अभियान सुरू गरेको साहित्यकार योञ्जनले बताउनुभयो । तामाङ समुदाय भित्रको अहिलेसम्म ब्यवस्थीत अभिलेखीकरण नभएको हुदाँ तामाङ जातिको इतिहास, संस्कार, सस्कृति, लागयत सवै कुरा प्रमाणको अभावमा अवको पिढीले बिर्सदै गएको हुदाँ र राज्यको कुनै त्यस्तो अभिलेख पनि यी जाति विषेश नभएको हुदाँ यो महान कार्यको थालनी गर्न सुरूआत गरिएको हो । यस पुस्ताकालय तथा संङ्ग्राहलयले तामाङहरूको पोशाक, बाजा र एतिहासीक पहिचानसँग सम्बन्धित कुनै पनि कुरा तथा सामानहरू संकलन गरिने भएको छ । तामाङ समुदायको बारेमा भएका पुराना दस्तावेज र तामाङ समुदाय भित्रको लिपीलाई समेत संकलन गरिने उहाँले बताउनुभयो ।

संसारभरी छरिएर रहनु भएको तामाङहरूको लेख रचना, इतिहास, साहित्य, अडियो भिडियो सीडी क्यासेट र किताबहरू पठाइ पुस्तकालय निमार्ण गर्नको लागी सहयोग गर्न समेत आग्रह गर्नुभयो । पुस्ताकालय तथा संङ्ग्राहलय सबैको पहुँच योग्य हुने भएकाले पनी तामाङ समुदाय भित्रको कला र सस्कृतिलाई आम नागरिक सम्म पुयाउने लक्ष्य राखिएको छ ।

तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू प्रकाशन गर्ने र आवश्यक बिदामा पुरस्कृत गरी नयाँ पुस्तालाई तामाङ जातिको सम्पूर्ण पक्षको बारेमा थप गहन अध्ययन लिश्लेषण गर्ने उत्प्रेरणाको सोचले यो पुस्ताकालय तथा संङ्ग्राहलयको सुरूआत गरिएको छ ।
तामाङहरूको इतिहास धर्म कर्म र साहित्यको संरक्षण वा अभिलेख राख्ने उदेश्यले यसको सुरूआत गरिएको हो । हरेक बर्ष यस पुस्ताकालयले तामाङहरूले गरेका साहित्य, सस्कृति, इतिहास र अन्य कार्यको मूल्याङ्कन गरी हौसला बढाउन पुरस्कारको ब्याबस्था गर्ने भएको छ । हरेक बर्ष संसारभरीको तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू सङ्कलन गरी वार्षिक प्रकाशन गर्नेछ र यसमा सबै बिधालाई समेटिने छ भने यो पुस्ताकालय तथा संङ्ग्राहलयको वार्षिक मुखपत्र बनिने छ ! यस पुस्ताकालय तथा संङ्ग्राहलयले वार्षिक कार्यक्रम गरी सम्मान पुरस्कार र आवश्यता अनुसारको खोजमुलक कार्यलाई सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो ।

तामाङ समुदाय भित्रका खोजमुलक एवम अनुसन्धान मुलक सामाग्री अन्य प्रकासित सबै किसिमको क्रितीहरु पठाउन समेत आग्रह गर्नुभयो । आफनै पहलमा र व्यवस्थित ढंगबाट पुस्तकालय सञ्चालन गर्नको लागी आफनै ब्यावस्थापन तथा खर्चमा सो कार्य गर्ने साहित्यकार योञ्जनले बताउनुभयो । कला सस्कृति र सम्पदालाई आफना सन्तती सम्म जोगाएर आम तामाङ समुदायको कला लाई स्वदेश तथा विदेश सम्म पु¥याउनको लागी आफुले पुस्तकालय एवम् सग्रालयका साथै बेव साइट समेत सञ्चालन गरेर प्रविधिको पहुँचमा समेत पुस्तकालय पु¥याउने उहाँले बताउनुभयो । सबैको लेख रचनाको जानकारी संसारभरीबाट इन्टरने्टको माध्यमबाट सबैलाई सजिलै पहुँच योग्य बनाइने समेत उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..