साहित्य र समाजसेवामा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान

काठमाण्डौ स्थित टङगाल श्रीकृष्ण मन्दिरको प्राङगणमा मिति २०८२ साल कार्तिक १५ गते शनिवार बिद्यारामगङ्गा प्रतिष्ठान (बिराग प्रतिष्ठान), आचार्य खेमराज केशवशरण प्रतिष्ठान, र शरणागति अन्तर्राष्ट्रिय आध्यात्मिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वागत मन्तव्य विराग प्रतिष्ठानका कोषाध्यक्ष विनोद भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार, संस्कृतिविद, इतिहासकार, कथाकार, प्राध्यापक, कवि र संस्थालाई बिशेष योगदान दिने व्यक्तित्वहरुलाई बिशेष सम्मान र अभिनन्दन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा. मुकुन्द शरण उपाध्यायज्यू सदम्पती सहितलाई शरणागति अन्तर्राष्ट्रिय आध्यात्मिक प्रतिष्ठानद्धारा बिराग प्रतिष्ठानका अध्यक्ष श्री हरिप्रसाद भट्टराईज्यूले अभिनन्दनपत्र, माला र दोसल्ला अर्पण गरी सम्मान गर्नु भयो । त्यसैगरी संस्कृतिविद, इतिहासकार र पशुपति क्षेत्र विकासकोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनज्यूलाई आचार्य खेमराज केशवशरण प्रतिष्ठान र विद्यारामगङ्गा प्रतिष्ठानद्धारा, कथाकार तथा पूर्व राजदुत मधुवन पौडेल ज्यू र प्राध्यापक तथा कवि प्रयागराज भट्टराई बाशिष्टज्यूलाई विद्यारामगङ्गा प्रतिष्ठानद्धारा अभिनन्दन तथा सम्मान गरिएको थियो अभिनन्दित तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रका प्रमुख अतिथि प्रा. मुकुन्द शरण उपाध्यायज्यू ले सम्मानपत्र र दोसल्ला अर्पण गरी सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्वहरुले आफ्नो अनुभव र भावनात्मक मन्तव्य पनि व्यक्त गर्नु भयो । अभिनन्दित व्यक्तित्व प्रा. मुकुन्द शरण उपाध्याय र डा. गोविन्द टण्डनको व्यक्तित्वको बारेमा डा. कवि कृष्ण प्रसाद भट्टराईले प्रकाश पार्नु भएको थियो भने कथाकार मधुवन पौडेल र प्राध्यापक तथा कवि प्रयागराज भट्टराई बाशिष्टज्यूको व्यक्तित्वका बारेमा प्रा. डा. कवि समिक्षक होम प्रसाद भट्टराई (गृहस्थि)ले प्रकाशपार्नु भएको थियो । विराग प्रतिष्ठानले प्रा. डा. कवि समिक्षक होम प्रसाद भट्टराई (गृहस्थि),प्रा. मुकुन्दराज दाहाल, तारानाथ पौडेल तथा चन्द्र कुमारी वास्कोटालाई विराग विशेष योगदानबाट सम्मान गरिएको थियो । कार्यक्रममा बिराग प्रतिष्ठानका संस्थापक तथा आजिवन सदस्यहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो । केही आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न असमर्थ भएका कारणले गर्दाखेरी तत्कालै अर्को कार्यक्रम गरेर छुट भएका आजिवन सदस्यहरुर्ला प्रमाणपत्र वितरण गर्ने जानकारी पनि कार्यक्रमा तथा विराग प्रतिष्ठानका अध्यक्षले जानकारी गराउनु भयो । कार्यक्रममा सम्मान तथा अभिनन्दन संस्थाहरुका सदस्यहरु बुद्धिजीवी, साहित्यकार, समाजसेवी तथा गुरुकुलका वटुकहरुको उपस्थिति थियो । कार्यक्रम संचालन विराग प्रतिष्ठानका संस्थापक सचिव नवराज भट्टराई गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै महासचिव केशव भट्टराईले आगामी दिनमा पनि यस्ता कार्यक्रहरु निरन्तर आयोजना गरिने जानकारी दिनुभयो ।

बिज्ञापन