ए डिभिजन लिग कात्तिक २९ गतेदेखि

काभ्रेपलान्चोक –  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ ।  अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडि सारिएको एन्फाले जनाएको छ । एन्फाले  विजेता लाई  ७५ लाख रुपैयाँ पाउने घोषणा गरेको छ । त्यसैगरी उपवेजताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा हुनेछ । मछिन्द्र क्लब लिगको साविक विजेता हो ।

बिज्ञापन