

काठमाण्डौं – लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ । प्रेम र रोमान्सलाई गीतमा देखाउन खोजिएको छ । आम दर्शक तथा स्रोताको चाहना बमोजिमको गीत निमार्ण भएको कारणले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक मनिष ले बताए ।

बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको छ । गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ ले नै निर्देशन गरेका हुन् ।




भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की, रोशनी तामाङ्ग ,सानू कार्की, गणेश पराजुली ,राम कडेल र मनिष श्रेष्ठ को पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतको अभिनय देख्न सकिन्छ ।


भिडियो ः–
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/MzwwdhmkY68″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>