काभ्रेपलान्चोक – रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक भएको हो ।

जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतकोको भिडियोमा डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । सिम भन्ज्यांग विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा गौरव गिरीको निर्देशन छ ।

जोसेफको नै शब्द, करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन रहेको गीत ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको हो भने ध्वनी सम्पादन किशोर थापाको छ । बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रंग संयोजन छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..