कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमार अनुबन्धित

काठमाडौं — निर्देशक राजु श्रेष्ठको निर्देशन र सिनेमा पाठशाला प्रालिको ब्यानरमा बन्ने नेपाली चलचित्र ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन्।
यसअघि नै यस चलचित्रमा मुकुन भुसाल, रेयर राई र सलिना तामाङ जोडिसकेका छन् । सलिनाले यही फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछिन्।
चलचित्र ‘बाटो’ र ‘बेहुली फ्रम मेघौली’बाट चिनिएकी अभिनेत्री रक्षा र फिल्म ‘कोसेढुङ्गा’बाट रजतपटमा प्रवेश गरेका सम्भावनायुक्त अभिनेता मञ्जिलकुमारको आगमनले यस फिल्ममा कलाकार लाइनअपलाई थप बलियो बनेको निर्माण पक्षले बताएको छ।
रामकृष्ण बजगाँईको कथा र चानस पुन मगरको पटकथामा बन्ने यस चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ। प्रविन आचार्य प्रस्तुतकर्ता र अनिलकुमार बुढाथोकी निर्माता रहेको यस फिल्ममा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा सहनिर्माता रहेका छन्।

बिज्ञापन