बनेपा – काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्ना प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।

गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम वितरण कार्य आजबाट सुरु गरिएको छ । तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष डि.बि लामाले गरेका हुन्

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डि.बि लामाले प्राविधिकहरुको कार्य क्षमतामा थप ऊर्जा प्रदान गरी आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति यो तालिम उपलब्धिमूलक रहने बताए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत परशुराम थापाले गुणस्तरीय ढंगले कार्य सम्पादन गर्न, योजना निर्माणका लागत, अनुमान तथा कार्यक्रमलाई समय सापेक्ष ढंगले सम्पादन गर्न तालिम मार्फत कार्य क्षमतामा निखारता आउने धारणा व्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly