काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नम्बर-५, चौकोटस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा प्रथम काभ्रे पुरुष व्हिलचेयर बास्केटवल प्रतियोगिता आयोजना गरिएको छ ।

विभिन्न दुर्घटनामा मेरुदण्डमा चोटपटक लागेर ह्विलचेयर प्रयोग गरिरहेकाको संस्था मेरुदण्ड पक्षघात संघले प्रतियोगिता आयोजना गरेको प्रतियोगितामा ६ टिम सहभागी छन् ।

प्रतियोगिता उद्धघाटन गर्दै बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले अपांगता भएका व्यक्तिहरुले गरेको कार्यक्रमले आफुलाई समेत हौसला मिलेको भन्दै प्रदेश सरकारको तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले प्रतियोगिताले सबैको लागि प्रेरणा दिएको बताए ।

२०७९ सालमा ९ जना मेरुदण्डमा चोट लागि ह्विलचेयर प्रयोगकर्ता मिलेर गठन भएको संघले सो अपांगता भएका व्यक्तिलाई खेलकुदका साथै आत्मनिर्भर, दक्ष बनाउन तालिमका साथै जनचेतना जगाउने काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..