

काठमाडौं। राजन थापा
स्वास्थ्य, सौन्दर्य तथा खानपान सेवामा नागरिकलाई सहज र गुणस्तरीय सुविधा प्रदान गर्ने उद्देश्यले ॐ समाज डेण्टल अस्पतालले Freshness Spa & Sauna तथा Sekuwa Palaceसँग सहकार्य (MOU) गर्दै बहुआयामिक सेवा विस्तारको पहल गरेको छ।

सडकदेखि सदनसम्मका नागरिकका लागि सेवा: ॐ समाज डेण्टल अस्पतालको नयाँ अभियान “रोग लाग्नै नदिनु नै उत्तम” — सहकार्यमार्फत सेवा विस्तारमा ॐ समाज डेण्टल अस्पताल यस सहकार्यसँगै सेवाग्राहीहरूले दन्त उपचार, स्पा तथा खानपान सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्। अस्पतालले स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै विभिन्न क्षेत्रसँग सहकार्य विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ।ॐ समाज डेण्टल अस्पतालको बहुआयामिक पहल स्वास्थ्य, सौन्दर्य र सेवामा


सहकार्य:
अस्पतालका वरिष्ठ सर्जन डा. सुवास घिमिरे भन्नु हुन्छ “सडकदेखि सदनसम्मका मानिसका लागि हाम्रो सन्देश स्पष्ट छ— मानिसहरूलाई रोग लागेर अस्पताल आउनु भन्दा रोग नै नलाग्नु राम्रो हो।”उहाँको भनाइ अनुसार रोगको उपचारभन्दा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै नियमित स्वास्थ्य जाँच र सचेतना आवश्यक रहेको उल्लेख गर्नु भयो ।
त्यसैगरी, बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङले भनिन्,
“हामी डा. घिमिरेको भनाइलाई मध्यनजर गर्दै सडकदेखि सदनसम्मका सबै मानिसहरूका लागि सेवा दिइरहेका छौं। ॐ समाज डेण्टल अस्पताल स्वदेशी मात्र नभई विदेशी नागरिकहरूको मनमुटुमा पनि बस्न सफल भएको अस्पताल हो।”
उनका अनुसार अस्पतालले गुणस्तरीय सेवा, विश्वास र पहुँचका कारण फराकिलो पहिचान बनाउँदै गएको छ।
यता, Freshness Spa & Saunaका संचालक अनिस तामाङले स्पा र सौन्दर्य सेवाको महत्वबारे बताउँदै भने,
“स्पा र सौन्दर्य भनेको शरीर, छाला र मनलाई स्वस्थ, सफा र आकर्षक बनाउने प्रक्रिया हो। स्पामा मसाज, साउना, स्टीम जस्ता सेवाले थकान कम गर्दै मनलाई शान्त बनाउँछ भने सौन्दर्य सेवामा फेसियल, हेयर स्टाइल र स्किन केयरले व्यक्तित्व र आत्मविश्वास बढाउँछ।”
उनले यस्तो सेवा आधुनिक जीवनशैलीमा शारीरिक आराम र मानसिक सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए।
त्यसैगरी, Sekuwa Palaceका संचालक मिलन लामाले आफ्ना सेवाबारे प्रतिबद्धता व्यक्त गर्दै भने,
“हामी ठोकुवा दिएर भन्छौं, स्वच्छ, सफा र सस्तो खानाका परिकारहरू हामीले ग्राहकलाई उपलब्ध गराउँदै आएका छौं।”
उनले गुणस्तर र सरसफाइमा कुनै सम्झौता नगरी ग्राहकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सेवा दिइरहेको बताए।
यस सहकार्यले स्वास्थ्य, सौन्दर्य र खानपान तीनै क्षेत्रलाई एउटै प्लेटफर्ममा जोड्दै सेवाग्राहीलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा यस्ता सहकार्यलाई अझ विस्तार गर्दै लैजाने योजना अस्पतालले अघि सारेको छ।


