ढुंखर्क बेथानचोक गाउँपालिकामा “चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” हुने भएको छ ।

बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिता २०८० जेठ १२ गतेदेखि १५गतेसम्म सञ्चालन हुने समितिका अध्यक्ष बिरबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भाग लिन चाहने क्लबहरुले दर्ता गर्ने अन्तिम मिति २०८० जेठ ११ गते दिउसो २ बजेसम्मका लागि तोकिएको छ । प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाभित्र स्थायी बसोबास भई जिल्लाभित्रका कुनैपनि पालिकाहरुमा अध्ययनरत विद्यार्थीहरुले जिल्लाको कुनै पनि टिमबाट सहभागी जनाउन पाउनेछ र त्यस्तो विद्यार्थी सहभागी गराउनु परेमा सम्बन्धित विद्यालयमा अध्ययनरत रहेको पत्र सहित टिम दर्ता गर्नुपर्नेछ । आमन्त्रित टिमको हकमा उक्त नियम मान्य नहुने पनि बताइएको छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने आयोजकको भनाई छ । प्रतियोगितामा प्रत्येक टिममा लिब्रो सहित वा लिब्रो बाहेक १० जना खेलाडीहरु १ जना प्रशिक्षक र १ जना टिम मेनेजर समावेश गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ः नगद रु.६० हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र, द्धितीय पुरस्कार नगद रु.४० हजार, ट्रफी, मेडल, प्रमाण पत्र तृतीय पुरस्कार ः सेमिफाइलका उपविजेता दुवै टोलीलाई नगद रु.१५ हजार र ट्रफी, मेडल, प्रमाण पत्रको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडी, बेष्ट डिफेन्स, बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडी सबैलाई आकर्षक पुरस्कार दिइने पनि आयोजकको भनाई रहेको छ । यस्तै प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरी पुरस्कार दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..