काठमाडौं । पछिल्लो समय समाज तथा वरपर केही अप्ठेरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुने प्रेरणा दिन समेत थालेका छन् ।

विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आएकी समाजसेवी एवम् सञ्चारकर्मी मायालु लामाले कर्णाली प्रदेशको अति विकट, दुर्गम र पिछडिएको हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिका वडा नम्बर तीनमा अवस्थित जे टि एम बाल आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन्। बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने गरी ११ दर्जन कापि र ११ दर्जन कलम सहयोग गरेकी हुन् । लामाको यस कार्यका लागि समाजसेवी हेमन्त कार्कीले पाँच हजार दिएका थिए ।

समाजसेवी लामाले बालबलिकाहरुका लागि शैक्षिक सामाग्री खरिद गर्न आश्रमको बैंक खातामा रकम पठाएकाले उक्र रकमबाट सामाग्री ल्याएर वितरण गरिएको आश्रमका अध्यक्ष अमर राज बानियाँले जानकारी दिए । उनका अनुसार एघार दर्जन कपीका लागि सात हजार २ सय ६० र एघार दर्जन डटपेनका लागि दुई हजार ७ सय ५० गरी दश हजार १० रुपैँया परेको थियो ।

अति विकट जिल्लाका बालकालिकाहरुलाई शिक्षामा प्रोत्साहित गराउन र शैक्षिक सामाग्री अभाव नहोस भन्ने उद्देश्यले आफुले सहयोग गरेको लामाले बताईन्। यस कार्यका लागि सहयोग गर्नुहुने समाजसेवी कार्कीलाई धन्यबाद व्यक्त गर्दै लामाले उक्त आश्रमका बालबालिकाहरुलाई आवश्यक थप सहयोगका लागि आफुले पहल गर्ने समेत बताईन् ।

एक दशक भन्दा लामो समय देखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएकी लामा नियमित आयआर्जनसँगै घर व्यवहारमा समेत व्यस्त छिन् । समयको सही व्यवस्थापन गर्न सक्ने क्षमता कै कारण सामाजिक तथा मानवीय सेवासँगै महिला तथा बालबालिकाको हकहितमा क्रियाशील छिन् । पत्रकारिता तथा समाजसेवा कमाउनका लागि नभई देश र जनताको पक्षमा हुनुपर्नेमा उनको जोड छ।

करिब सात वर्ष एक अनाथ आश्रमको सचिव रहेर काम गरेकी लामासँग विभिन्न संघ संस्थाको सहकार्यमा विदेशमा गएर अलपत्र परेका महिलालाई नेपाल फर्काउने देखि महिला हिंसा न्युनिकरण, दलालहरु मार्फत बेचिन पुगेका महिला तथा बालबालिकालाई फिर्ता ल्याउनुका साथै बालश्रम न्यसनिकरण लगाएत थुप्रै कामहरुको अनुभव छ ।

समाजसेवा, पत्रपत्रिका पढ्न रुची राख्ने लामा महिला तथा बालबालिकाको हकहित र समाजसेवामै आफ्नो जीवन बिताउने गरेको बताउँछिन् । पछिल्लो समय उनको व्यस्तता र समय व्यवस्थापन बारे अरुले पनि प्रशंसा गर्ने गरेका छन् । महिलाहरु पछि परेको या पारिएको बारे चर्चा भइरहँदा मायालुको सफलता पक्कै पनि अरु महिलाका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..