
सुनसरीको तरहरा स्थित प्रहरी चौकी परिसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी चालकहरूको स्वास्थ्य परीक्षण तथा लाप्से (लागू पदार्थ) सेवन परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उच्च रक्तचाप, सुगर, र लागू पदार्थ सेवनसम्बन्धी परीक्षण गरिएको छ।


इटहरी इलाका प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा तथा यातायात व्यवसायी संघको सहकार्यमा आयोजित परीक्षणमा ८ जनाले लाप्से सेवन गरेको खुल्न आएपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ।
बिज्ञापन





